अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

जापानमा रहेका नेपालीबाट विद्यालयका लागि सहयोग

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते २३:३५ मा प्रकाशित

बागलुङको एक विद्यालयका लागि जापानमा रहेका नेपालीबाट मात्रै रु २२ लाखभन्दा बढीको आर्थिक सहयोग सङ्कलन भएको छ ।

गल्कोट नगरपालिका–८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानमा विभिन्न सहरमा रहेका यस क्षेत्रका व्यक्तिबाट मात्रै रु ३० लाख ५७ हजार ८६७ सङ्कलन भएको विद्यालयका भूपू विद्यार्थी एवं पत्रकार मेघराज सापकोटा रिष्मेलीले जानकारी दिनुभयो ।

विद्यालयका भूपू विद्यार्थी हाल जापानका विभिन्न ठाउँमा रोजगारीको सिलसिलामा कार्यरत यस क्षेत्रका झन्डै एक दर्जनभन्दा बढी नेपालीबाट नगद सहयोग रकम प्राप्त भएको सापकोटाले जानकारी दिनुभयो ।

२०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो ६० वर्ष प्रवेश गरेको अवसरमा आउँदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले हीरक महोत्सव मनाउन गइरहेको छ ।

हीरक महोत्सवलाई लक्षित गर्दै विद्यालयले हाल जापानका विभिन्न स्थानमा आर्थिक सङ्कलन अभियानलाई समेत अगाडि बढाइरहेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू