अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

जग्गाको अंशका लागि २ छोराहरु मिलेर आफ्नै बाबुको हत्या

बिआरटीनेपाल २०७४ कार्तिक १४ गते ३:४१ मा प्रकाशित

जग्गाको अंशसम्बन्धी विषयलाई लिएर आफ्नै बाबुको हत्या गरेको अभियोगमा २ छोराहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहानै ५ बजे बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई उनकै छोराहरु सुशील र सुनिल महतोले हत्या गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको हो ।

मृतक हिरालालका दुई छोरा शुशिल र सुनिलले बाँसको भाटाले टाउको लगायत शरीरका अन्य भागमा हानेपछि गम्भीर घाइते भएका उनलाई जिल्लास्थित कलैया अस्पतालमा लगिएको थियो तर त्यहाँ उनको उपचार हुन नसक्ने अस्पतालले बताएपछि वीरगञ्जस्थित हेल्थकेयरमा पुर्याईएको थियो । उपचारका क्रममा हिरालालको बिहान ९ ४५ बजे मृत्यु भएको हो ।

अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको छ भने हिराललाल महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू