अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 07:49

रसुवामा लोकतान्त्रिक गठबन्धन जिततर्फ अग्रसर

बिआरटीनेपाल २०७४ कार्तिक १३ गते १७:४१ मा प्रकाशित

धुञ्चे/ व्यवसाय र राजनीतिलाई सँगै अघि बढाउँदै आएका दुई प्रभावशाली व्यक्तिको एउटै पदमा उमेदवारी परेपछि रसुवाको निर्वाचन रोचक बन्दै गएको छ । लामो समय देखि निर्माण व्यवसायमा संलग्न रहँदै आएका चर्चित निर्माण व्यावसायीहरु मोहन आचार्य र जनार्दन ढकालले रसुवाको प्रतिनिधीसभामा प्रतिस्पर्धा गर्ने भएपछि यहाँको राजनीतिक बृत्तमा छुट्टै त तरङ्ग सिर्जना भएको छ । यसअघिका व्यवस्थापिका संसद् सदस्य ढकाल वाम गठबन्धनको तर्फबाट र इन्जिनियर आचार्य लोकतान्त्रिक गठबन्धनको तर्फबाट उमेदवार बनेका छन् । ढकाललाई माओवादी केन्द्रको र आचार्यलाई नयाँशक्ति पार्टी,राप्रपा र राप्रपा प्रजातान्त्रिकको स्पष्ट समर्थन छ । गत स्थानीय निर्वाचनमा देशभरमै रसुवामा राम्रो जनमत बनाएको नयाँ शक्ति पार्टी र राम्रो मत लिएर बसेको राप्रपाहरुको समर्थनले वाम गठबन्धनलाई सकसमा पारिसकेको छ ।

रसुवामा काँग्रेस र नयाँ शक्ति सहितको लोकतान्त्रिक गठबन्धनका उमेदवारहरु निर्वाचन अभियानमा केन्द्रित भएका छन् । विशेष गरी रसुवावासीले आसाको नजरले हेरेका इन्जिनियर मोहन आचार्य र रसुवाका लोकप्रिय युवा प्रेम तमाङको संयुक्त चुनावी अभियानले रसुवाको निर्वाचन माहौल गर्माएको छ । रसुवामा प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट इन्जिनियर मोहन आचार्य र प्रदेश नम्बर १ बाट प्रभात तामाङ छन् भने प्रदेश २ मा नयाँ शक्तिबाट प्रेम तामाङ छन् ।
काँग्रेस र नयाँ शक्तिको यो गठबन्धनको पक्षमा अंकगणितिय माहौल मात्र नभई रसुवालीवीच यो गठबन्धनको जितको चर्चा समेत सुरु भइसकेको छ । २०४६ पछि हरेक निर्वाचनमा नयाँ नेतृत्व स्थापित गर्दे आएका रसुवालीले यस पटक लोकतान्त्रिक गठबन्धनको पक्षमा आफूलाई समाहित गर्न थालिसकेका छन् ।

गत स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने पनि रसुवामा लोकतान्त्रि गठबन्धन नै बलियो देखिन्छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसले सातहजार एकसय ३० र नयाँ शक्ति पार्टीले चारहजार ८५ मत ल्याएको थियो । यसै गरी उक्त निर्वाचनमा एमालेले छहजार नौसय ३१ र एमाओबादीले दुईहजार पाँचसय १२ मत ल्याएको थियो ।

गत स्थानीय निर्वाचनमा फरक –फरक निर्वाचनमा गएका काँग्रेस र नयाँ शक्ति मिलेर निर्वाचनमा गएपछि रसुवामा वाम गठबन्धन कमजोर देखिएको छ । यसमा पनि सधैँ लोकतान्त्रिक शक्तिकै पक्षमा देखिएका रसुवालीहरु काँग्रेस र नयाँ शक्तिको तालमेलवाट उत्साहित छन् भने काँग्रेसको सम्पूर्ण पार्टी पंक्ति लोकतानित्रक गठबन्धनको जितमा केन्द्रित रहेकाले रसुवाको निर्वाचन आफ्नो पक्षमा आउने काँग्रेसका नेताहरूको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू