अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

चलचित्र ‘ऐश्वर्य’ युनिटको काठमाडौं फन्को

बिआरटीनेपाल २०७४ कार्तिक ८ गते २३:२५ मा प्रकाशित

रिलिजको अघिल्लो दिन फिल्म ऐश्वर्य युनिटले काठमाण्डौको फन्को लगाएका छन् । टाटा मोटर्ससंगको सहकार्यमा फिल्मका निर्देशक दिवाकर भट्टराईसंगै कलाकारहरु रमेश उप्रेती , प्रशान्त ताम्राकार , दीपिका प्रसाईं , विकास खतिवडा , तेन्जु योन्जन , निर्मल शर्मा , अमृत पोखरेल लगायतले ऐश्वर्यको ब्यानर टासिएका टाटाको नयाँ मोटर्सको र्याली मार्फत फन्को लगाएका हुन् । टाटा मोटर्सको पाँच नयाँ गाडीमा ऐश्वर्यको ब्यानर लगाईएको थियो भने त्यसमा सवार थिए फिल्म युनिट ।

टाटा मोटर्सकै शो रुम थापाथलीबाट सुरु भएको र्यालीले काठमाण्डौ रिंगरोडको एक फन्को लगाएको थियो । फिल्मको ट्रेलर र गीतसंगीतले हाइप बढाएपछी टाटा मोटर्सले फिल्मसंग सहकार्य गरेको छ । र्यालीको क्रममा फिल्म युनिटले फिल्म प्रति पाएको जिज्ञाषालाइ मेटाउदै कार्तिक ९ लाग्ने फिल्मलाई हेरेर प्रतिक्रिया दिन आग्रह गरेका थिए ।

ऐश्वर्य प्राप्तिको लागि गरिने संघर्षलाई कथा वस्तु बनाइएको फिल्मलाई अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले निर्माण गर्नु भएको हो । निर्मल शर्मा सह निर्माता रहेको फिल्मलाई राजेश श्रेष्ठ र सुदीप बरालले खिचेका छन् भने यसमा अर्जुन पोखरेल र विराज गौतमको संगीत रहेको छ । डिसीएन अल नेपाल वितरक रहेको फिल्म एक सय भन्दा बढी हलमा एकसाथ रिलिज भएको छ ।

प्रतिक्रिया