अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

पोल्याण्डको वारसवामा तिहार कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक ७ गते ८:४२ मा प्रकाशित

नेपाली प्रवासी मञ्च पोल्याण्डद्वारा युरोप स्थित पोल्याण्डको राजधानी वारसवा लुसिड क्लबमा विजया दशमी तथा दीपावलीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । पोल्याण्डमा रहेका समस्त नेपालीलाई आफ्नो नेपाली, भाषा, शैली, कला, चाडपर्ब आदिको झल्को मेटाउने उक्त कार्यक्रममा तीन सय जना भन्दा बढी नेपाली समुदायको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतिको भूमिका प्रवासी मञ्चका का. बा. अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो भने प्रमुख अथितिको रूपमा गैर आवासीय नेपाली सङ्घका निबर्तमान अध्यक्ष डा.बोधराज सुबेदी हुनुहुन्थ्यो ।

कार्यक्रममा अथितिको रूपमा प्रवासी नेपाली मञ्चका उपाध्यक्ष अक्षय रिजाल, जनसम्पर्क समिति अध्यक्ष डा.एलिनी पोखरेल सुबेदी, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज केन्द्रीय उपाध्यक्ष एवम् पानी अभियानकर्ता मित्रलाल पार्दे, नेपाली प्रवासी मञ्च पोल्याण्डका निबर्तमान अध्यक्ष टंक बहादुर कटुवाल आदिको उपस्थिति थियो । कार्यक्रम सञ्चालकको भूमिकामा मञ्चको सचिव श्री विनोद आचार्य हुनुहुन्थ्यो भने कार्यक्रम संयोजनको भूमिका प्रवासी मञ्चको सचिव प्रदिप अधिकारीले निभाउनुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट पाल्नुभएका विभिन्न अतिथिहरुले आ-आफ्नो तिहार शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । हालसालै दिनहरूमा नेपाली कार्यक्रमहरूमा उल्लेख्य मात्रामा नेपाली तथा विदेशीहरुको जमघट बढ्दै गइरहेको छ ।

उक्त कार्यक्रममा पनि नेपालीहरूको ठुलो जमघट भएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय गीतको साथै पोल्याण्डको राष्ट्रिय गीतमा पनि सहभागीहरुले देशप्रति सम्मान व्यक्त गरेका थिए । पोल्याण्डबाट करिब ३५० को हाराहारीमा नेपाली समुदयले सहभागिता जनाएका थिए । कार्यक्रमको आकर्षणमा नृत्य तथा गायन प्रतियोगिता र कमिटीको तर्फबाट प्रस्तुत देउसी भैलो गीत थियो । गायन तर्फ प्रथम, दृतिय र तृतीय स्थान क्रमशः सन्तोष अधिकारी, संगम राई र विवेकले हात परेका थिए भने नृत्य तर्फ रिय सुनुवार, सञ्जय शर्मा तथा मंजिना नापित क्रमशः प्रथम, दृतिय र तृतीय भएका थिए । नेपाली प्रवासी मञ्चको तर्फबाट दुवै विधामा प्रथम, दृतिय तथा तृतीय हुनेलाइ क्रमशः ५००, ३००, र २०० ज्लोटी बराबरको गिफ्ट हम्पर प्रदान गरिएको थियो । पोल्याण्डमा रहनुहुने कलाकारहरू रुपेश यादव, भवन अधिकारी, तुलसी शाही, रोहन तामाङ्ग, त्रिसना अधिकारी आदिले आ-आफ्नो प्रस्तुति दिनु भएको थियो । त्यसै गरी कार्यक्रमलाई प्रयोजन गर्ने कम्पनीहरू अबाईड ग्रुप, म्याजिक मसला, बटुका ओरिजिनल, ह्य्दत लिमिटेड, अरोमा एंड टेस्ट, लिटल इंडिया आदिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू