अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

नेतृत्व सम्हाल्न जापानबाट गाउँ फर्कंदै

बिआरटीनेपाल २०७४ कार्तिक ३ गते ९:४१ मा प्रकाशित

परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा (एमाले) ले गाउँ फर्काएको छ ।

वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो । फिर्ता हुनेमा डा. सूर्य पाठक (बाग्लुङ) र राजकुमार पण्डित (नुवाकोट) र पर्वतका महेन्द्र श्रेष्ठ रहेका छन् । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिफारिस भएपछि पाठक नेपाल फर्किसक्नुभएको छ भने पण्डित फर्कने तयारीमा हुनुहुन्छ ।

पाठक २००३ र पण्डित २००६ मा अध्ययनका लागि जापान आएर कामदार प्रवेशाज्ञामा परिवर्तन गरी काम गर्दै आउनुभएको थियो । गाउँ“को विकासका लागि विदेशमा रहेका युवालाई फर्काउने उद्देश्यले आफूहरुलाई पार्टीले सिफारिस गरेको उहा“हरुको भनाइ छ । पण्डितले गाउँ“ फर्केपछि राजनीति र सामाजिक काममा होमिने बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्च जापानका पूर्वअध्यक्ष पाठक जिल्ला कमिटी बाग्लुङको क्षेत्र नम्बर ४ बाट प्रदेशसभामा सिफारिस भएपछि दुई साताअघि कार्यक्षेत्रमा पुगिसक्नुभएको छ । त्यस्तै, मञ्चका पूर्वउपाध्यक्ष पण्डित जिल्ला कमिटी नुवाकोटको क्षेत्र नं १ बाट सिफारिस भएर अर्को साता गाउँ फर्किने तयारीमा हुनुहुन्छ ।

पाठकले फर्कनुअघि विदेशमा बस्दा हासिल गरेको सीप र कलालाई स्वदेशमा सदुपयोग गर्ने बताउनुभएको थियो । फर्किनुअघि जापानको बसाइँ अवसर भएको भन्दै अबको बा“की समय पार्टीलाई खर्चिने उहाँले बताउनुभएको थियो ।

त्यस्तै, पण्डितले यहाँको सीप गाउँमा प्रयोगमा ल्याउने प्रयास गर्ने बताउनुभयो । उहा“ विसं २०५४ मा शिखरबेँसी गाविस अध्यक्ष हुनुभएको थियो ।

गाउँ“ फर्कनेमा मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ पनि हुनुहुन्छ । श्रेष्ठ पनि जापानबाट गाउँ“ फर्किसक्नुभएको छ । स्थानीय निर्वाचनमा पर्वतबाट विजयी भएपछि श्रेष्ठले उपाध्यक्ष बाबुराम भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू