अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१९ | Colorodo: 12:34

काठमाडौंका भुस्याहा कुकुर जेट विमान चढी अमेरिका र क्यानडा

बिआरटीनेपाल २०७४ असोज ३१ गते २०:०४ मा प्रकाशित

यमपञ्चकको दोस्रो दिन कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरका पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ ।

सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन । अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन । उनीहरु सबैका लागि आँखाका कसिंगर सरह हुन्छन् ।

तर, यस्तै केही कुकुर भने स्वस्थ भएर जेट विमान चढी विदेश पुग्ने गरेका छन् । नेपाली सडकमा रहेका केही कुकुर क्यानडा, अमेरिका, जर्मनीलगायत देशमा पुगिसकेका छन् । बेवारिसे कुकुरलाई युरोप, अमेरिका पुर्याउने काममा विदेशी र नेपाली महिलाको संयुक्त टोली खटिएको खबर आजको नागरिक दैनिकले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू