अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

पद्मश्री साहित्य पुरस्कार नवराज पराजुलीलाई-साधना सम्मान शर्मा र घिमिरेलाई

बिआरटीनेपाल २०७४ असोज २० गते २:०८ मा प्रकाशित

खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वान स्थापित  नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ कवि नवराज पराजुलीलाई उहाँको कविताकृति ‘सगरमाथाको गहिराइ’का लागि आज प्रदान गरिएको छ ।

त्यस्तै साहित्यिक पत्रकारितामा दीर्घ योगदान पु¥याउनु भएका वरिष्ठ पत्रकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रुपमा ‘पद्मश्री साधना सम्मान’ दिइयो । दुवै पुरस्कार र सम्मानका साथ रु दुई लाख तथा प्रशंसापत्र छन् ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सिर्जना तथा समर्पणमा प्रतिस्पर्धा हुँदैन भन्दै आगामी वर्षदेखि पद्मश्री पुरस्कारका लागि १० कृतिको सूची दिइने जानकारी दिनुभयो । प्रतिष्ठानका सदस्य सचिव डा रवीन्द्र समीरले संस्थाको विगत तथा आगामी कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

सम्मानित व्यक्तित्व शर्माले सम्मानले आफ्नो दीर्घ साधनाको मूल्यांकन भएकामा प्रसन्नता व्यक्त गर्नुभयो । पद्मश्री साहित्य पुरस्कार विजेता पराजुलीले काव्यिक मन्तव्यसहित ‘रुख’ शीर्षक कविता प्रस्तुत गर्नुभएको थियो ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू