अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

प्रथम फर्पिंग महोत्सब असोज २३ बाट 

बिआरटीनेपाल २०७४ असोज १९ गते २१:४५ मा प्रकाशित

काठमाडौँ जिल्लाको नजिक रहेको पर्यटकीय स्थल फर्पिंगमा पहिलो पटक प्रथम फर्पिंग महोत्सब २०७४ असोज २३ गते बाट कार्तिक ३ गते सम्म हुने भएको छ lआउदै गरेको शुभ दिपावलीलाइ मध्यनजर गर्दै त्यस क्षेत्रमा रहने स्थानियबासि हरुलाई सर्ब सुलभ तरिकाले सम्पूर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उदेश्यले सुरु गरिन लागेको मेलाले समग्र फर्पिंगबासीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुर्याउने भएको छ l लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र टर्निटो क्लस्टरको संयुक्त आयोजनामा प्रथम फर्पिंग महोत्सब २०७४ असोज २३ गते बाट कार्तिक ३ गते सम्म आयोजना हुन लागेको हो l

फर्पिंग आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले फर्पिंगको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले पनि मजबुत बनाउने र फर्पिंग क्षेत्रलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए l

उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समान हरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश निशुल्क रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ l

प्रथम फर्पिंग महोत्सब २०७४ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् l

औधोगिक शान्ति नेपाल सस्थामा अध्यक्ष्यमा सन्दिप महत, उपाधक्ष्यमा राज कुमार खड्का, महासचिबमा शंकर गुरुङ , कोषाधक्ष्यमा प्रितम मल्ल तथा सचिबालय ब्यबस्थापकमा बिनोद जैसवाल रहेको छन l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय