अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

चितवनमा सिभिल बैंकको वित्तीय साक्षरताका लागी घरदैलो अभियान

बिआरटीनेपाल २०७४ असोज ७ गते १३:१९ मा प्रकाशित

बैंकको पहुँच नपुगेको क्षेत्रका नागरिकलाई लक्षित गरेर आज (शनिवार) देखी सिभिल बैंकले वित्तीय साक्षरताका लागी घरदैलो अभियान संचालन गरेको छ । तिन महिना सम्म सँचालन हुने अभियान प्रत्येक शनिवार संचालन हुने छ । पुर्वि चितवनको खुरखुरे, टाँडी, पश्चिम चितवनको पार्वतिपुर र नारायणगढका दुई शाखावाट अभियान संचालन गरिने छ । बैंकले यो अवधीमा शुन्य मौजदातमा खाता खोल्ने व्यवस्था र एक वर्षका लागी निशुल्क एटिएम र इन्टरनेट बैंकिङ प्रदान गर्ने छ । सो खाता अन्र्तगत साढे ८ प्रतिशत व्याज उपलव्ध गराइने छ ।

अभियानको पहिलो दिन १ सय १५ जनाले खाता खोलेका छन् । खैरहनी नगरपालिकाको वडा नम्वर १० र ११ मा चलाइएको अभियानमा उत्साहजनक सहभागिता रहेको थियो ।

बैंकले दिने सेवाका वारेमा सवैलाई जानकारी दिने उदेश्यले अभियान संचालन गरेको खुरखुरे शाखा प्रमुख सुनिल खनालले जानकारी दिनुभयो । उहाँले विशेष गरेर बैंकको पहुँचवाट टाढा रहेको ग्राहकहरुलाई बैंकको पहुँच पुर्याउन अभियान संचालन गरेको वताउनुभयो । यसले एक घर एक बैंक खाता अभियानलाई सार्थकता दिने खनालको भनाई छ ।

बैंकको चितवनमा ५ शाखा र देशभर ५३ शाखा रहेका छन् । अझै २५ शाखा विस्तारको तयारीमा बैंक छ । नेपालमा अझैपनि ७० प्रतिशत नागरिक बैंकिङ सेवाको पहुँचवाट टाढा छन् । पहिलो दिनको अभियानमा खुरखुरे शाखा प्रमुख सुनिल खनाल,टाँडी शाखा प्रमुख विजय गुरुङ, पार्वतिपुर शाखा प्रमुख नवराज सापकोटा,नारायणगढ शाखा प्रमुख रमेश पौडेल र वुद्धिनाथ अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू