अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

विद्यालय भवनका लागि प्रवासीबाट रु नौ लाख

बिआरटीनेपाल २०७४ असोज ४ गते ४:४१ मा प्रकाशित

बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रु नौ लाख ३७ हजार सहयोग गरेका छन् । जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहनुभएका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम सङ्कलन गरिएको हो ।

विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका संयोजक क्षेत्रीलाई उद्घृत गर्दै जयन्ती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले जानकारी दिनुभयो । करिब रु तीन करोड लागत लाग्ने निर्माणाधीन विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालय, म्याग्दीले रु १९ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।

जिल्ला शिक्षाले उपलब्ध गराएको रकमबाहेक अपुग रकम स्थानीयको श्रमदान, चन्दा सङ्कलन र अन्य कार्यक्रम गरेर जुटाउने प्रयास भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू