अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब बिश्वका १३० च्यानल हेर्न र सुन्न पाउने

बिआरटीनेपाल २०७४ असोज ३ गते १२:१९ मा प्रकाशित

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्स मार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । मंगलबार ‘वाउटाइम’ (WOWTIME) एप्स सञ्चालनमा आएपछि प्रयागकर्ताले लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सक्ने सुबिधा पाउने भएका हुन् ।

नेपाल टेलिकम र विन नेपाल प्रा.लि.को सहकार्यमा सञ्चालनमा आएको यो एप्सबारे नेपाल टेलिकमले प्रेश बिज्ञप्ती मार्फत जानकारी दिएको छ । बिज्ञप्तीमा उल्लेख भए अनुसार:- यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड\पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने छ ।

सो एप्स र यसको प्रयोग वारेमा विस्तृत जानकारी www.ntc.net.np  तथा www.wowtime.net बाट समेत प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू