अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

‘दमन्ता खनाल स्मृति नारी साहित्य सम्मान’को स्थापना

बिआरटीनेपाल २०७४ असोज १ गते ९:४१ मा प्रकाशित

नेपाल स्रष्टा समाजकी कोषाध्यक्ष, स्रष्टा पुष्पा खनालले आफ्नी ममतामयी आमाको स्मृतिमा दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको स्थापना गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित नेपाल स्रष्टा समाजको १०औँ वार्षिक साधारण सभाको विशेष साहित्यिक कार्यक्रममा सो सम्मानको घोषणा गरिएको हो ।

वि.सं. २०७५ सालबाट प्रदान गरिने सो सम्मानको राशी १० हजार १११ रुपैंया रहेको छ । सामाजिक चिन्तन र आध्यात्मिकतालाई भावभूमि बनाएर नेपाली साहित्यको सिर्जना गरी देशको सेवा गर्ने मोफसलका उत्कृष्ट नारी स्रष्टालाई यो सम्मान प्रदान गरिनेछ ।

स्रष्टा खनालकी ममतामयी आमा दमन्ताको गत माघ २६ गते देहावसान भएको हो । उहाँ ८१ वर्षकी हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमृख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सरकारले स्रष्टाहरूको सम्मान गर्नुपर्नेमा स्रष्टाले स्रष्टालाई नै सम्मान गर्ने कामको थालनी गरेर उत्कृष्ट कार्यको थालनी गरेकोमा खुशी व्यक्ति गर्नुभयो ।

स्रष्टा पुष्पा खनालले आमाको प्रेरणाले नै आफू साहित्य क्षेत्रमा लागेको बताउँदै आमाको सम्मानका लागि दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको स्थापना गरेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीमा कार्यरत स्रष्टा खनाल नेपाल स्रष्टा समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, शङ्कर लामिछाने प्रतिष्ठान, नेपाल साहित्यिक पत्रकार सङ्घलगायत विभिन्न सामाजिक र साहित्यिक सङ्घसंसथामा आवद्ध हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू