अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

एनआरएनको अध्यक्षमा भवन भट्टको उम्मेदवारी

बिआरटीनेपाल २०७४ भदौ ३१ गते १५:१५ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएन)को अध्यक्षमा सङ्घका वर्तमान उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी दिएका छन ।

आज अन्नपूर्ण होटेलमा पत्रकार सम्मेलन गरी भट्टले सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषदमा आफूलाई जिताउन सबैसँग आग्रह गरेका छन ।

यसअघिको कार्यसमितिले ल्याएका राम्रा काममा निरन्तरता दिनका साथै वैदेशिक रोजगारी आपत्कालीन कोषलाई सदुपयोग गरी गैर आवासीय नेपाली सङ्घमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बिमा गर्ने, स्मार्ट एनआरएन बनाउने ‘स्टर्टअप फन्ड’को व्यवस्था गर्ने, महिला फोरमलाई सशक्त बनाउने, एनआरएनलाई नेपालमा लगानी गर्ने वातावरण बनाउने लगायतका नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन ।

आफू एनआरएनको स्थापना कालदेखि नै सक्रिय रहेको र यसको प्रभावकारिताका लागि आफूसँग धेरै राम्रा कार्यक्रम रहेकाले आफ्नो जित आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू