अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

एनआरएन युकेको युवा संयोजकमा एलबिजेट गुरुङ भारी मतले विजयी 

बिआरटीनेपाल २०७४ भदौ २९ गते ११:१३ मा प्रकाशित
सेप्टेम्बर ९ मा भएको गैरआवासीय नेपाली संघ बेलायतको चुनावमा एलबिजेट नामले चिनिएका युवा लालबहादुर गुरुङ युवा संयोजक पदमा अत्याधिक मतका साथ विजयी भएका छन् । एक पदका लागि युवा संयोजकमा चार जनाको उम्मेदवारी परेको थियो ।
लालबहादुर गुरुङले १३ सय ५ मत ल्याएर विजयी भएका हुन् । उनका तीन प्रतिस्पर्धी कुमार थापाले ९ सय ८७, विरेन्द्र श्रेष्ठको ६ सय २५ र राजन खकुरेलले ८ सय ९६ मत पाएका थिए । लालबहादुर गुरुङले आफूलाई मत दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् । 
गैरआवासीय नेपाली संघ बेलायतका नवनिर्वाचित युवा संयोजक गुरुङ टिडवर्थ नेप्लिज कम्युनिटीका अध्यक्ष तथा सहारा युकेका मेडिया सेक्रेटरीसमेत हुन् । आधा दर्जन संस्थामा क्रियाशिल गुरुङ बेलायतमा रहेका नेपालीसामु निकै चर्चित व्यक्ति हुन् । गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू