अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

चीनमा उपप्रधानमन्त्री महराको सेनजेन भ्रमण

बिआरटीनेपाल २०७४ भदौ २६ गते ११:५८ मा प्रकाशित

छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वाङन्दोङ प्रान्तको शेनजेन(Shenzhen)सहरमा रहेको शेनजेन इन्टरनेसनल साइन्स एन्ड टेक्नोलोजिज विजेनेस प्लाटफर्म (Shenzhen International Science and Technologies Business Platform)को भ्रमण गर्नुभएको छ । सोमबार विहान मन्त्री महराले त्यहाँको अवलोकन गरी उक्त सहरमा भएको विकास र त्यहाँको औद्योगिक विकासलाई नेपालमा कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल समेत गर्नु भएको हो ।

सोही अवसरमा त्यहाँस्थित मेडिकल सामग्री उत्पादन गर्ने कम्पनी मिन्ड्री( Mindray)को अवलोकन गर्नु गर्नुभयो जुन कम्पनीले विश्वका विभिन्न मुलुकमा एक्रे मिसीन, एमआरआई, अल्ट्रासाउन्डलगातका अत्याधुनिक मेडिकल सामग्रीको उत्पादन गरी विक्री गर्दै आएको छ । उपप्रधानमनत्री महरा सोमबार राति स्वदेश फर्कँदै हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू