अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

बाल यौन दुराचार गरेको आरोपमा अष्ट्रियाली नागरिक पक्राउ

बिआरटीनेपाल २०७४ भदौ २३ गते १७:४४ मा प्रकाशित

काठमाडौँ, २३ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेको छ ।
ब्युरोबाट खटिएको टोलीले विभिन्न मुलुकमा नेपाली नाबालकलाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएको एक नाबालकसमेत मार्कुसलाई ठमेलबाट पक्राउ गरेको हो । जबर्जस्ती करणीअन्तर्गत बाल यौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफीको क्षतिपूर्ति भराउने कानूनी व्यवस्था रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू