अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

नायक रमेश उप्रेतीको प्रस्तुती चलचित्र ‘ऐश्वर्य’ कात्तीक ९ बाट देशभर (टिजर)

बिआरटीनेपाल २०७४ भदौ १५ गते २३:१२ मा प्रकाशित

नायक रमेश उप्रेती प्रस्तुतकर्ता रहेको चलचित्र ऐश्वर्य आगामी कात्तीक ९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । दिवाकर भट्टराई निर्देशित चलचित्र ऐश्वर्यको टिजर सार्वजनिक समारोहमा चलचित्रको रिलिज मिती पनि धोषणा भएसंगै दर्शकले कार्तिक ९ गतेबाट ऐश्वर्य हेर्न पाउने भएका हुन् ।

सार्वजनिक टिजरमा फिल्मको गुणस्तरियता संगै द्वन्द समेत देखाइएको छ । फिल्म हलमा ‘ए मेरो हजुर २’ संगै यस टिजरलाई दर्शकले हेर्न पाउनेछन् । सार्वजनिक गीत ‘तिमि रोएको पल’ मार्फत चर्चामा आएको यस फिल्मलाई टिजरले थप हाईप दिने विश्वास निर्माण पक्षको रहेको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको यसगीतलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् ।

फिल्मको टिजरमा भने गीतसंगै केहि दृश्यको झलक देखाइएको छ । फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।

निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।

रमेश उप्रेती –हाम्रो टीमले वितरकको आग्राहलाई डेट सारेका हौ । कलाकारनै निर्माता भएको फिल्मसंगै दर्शक सामु आउदा घाटा जसलाई लागे नि कलाकारलाइ नै लाग्छ , त्यसैले टिमको निर्णय अनुसार हामी कार्तिक ९ मा आउदैछौ । फिल्म ऐश्वर्यलाई म र मेरो टीमले स्टाइलिस बनाउन खोजेका छौ । नेपालको सुन्दरतासंगै नेपाली प्राविधिकले पनि यो लेभलको फिल्म दिन सक्छन र हामी पनि कथा अनुसार सम्झौता गर्दैनौ भन्ने उदाहरण दिनु नै म र मेरो टीमको उदेश्य हो । गीत मार्फत दिनु भएको माया प्रति आभारी छौ , साथै त्यो माया र भरोसालाई टिजरले टुटन नदिने विश्वास हाम्रो छ ।

दिवाकर भट्टराई –ड्रिम्समा एसोसियट निर्देशक भएर काम गरिसकेपछी मेरो निर्देशनमा आउने नेक्स्ट फिल्मले दर्शकलाई निराश बनाउनु हुदैन भन्ने सोचाइ थियो , जसलाई पुरा गरे जस्तो लाग्छ । फिल्ममा मैले स्टारडम देखाउने प्रयास मात्र गरेको छैन , एउटा क्वालिटीको फिल्म दर्शकसामु ल्याउने प्रयास पनि गरेको छु । गीत मार्फत पाएको मायालाई वा दर्शकले राखेको एस्पेक्टलाई मिड गर्छौ , जस्तो लागेक्को छ । फिल्मले सुपर मोडलको कथासंगै बिजनेसम्यानको जीवन शैलीलाई पनि प्रस्ट्याउनेछ । हरेक मान्छे ऐश्वर्य प्राप्तिका लागि संघर्ष गरिरहेको हुन्छ , यसैलाई हामीले फिल्मी शैलीमा प्रस्तुत गरेका छौ ।

दीपिका प्रसाईं – पहिला त फिल्म गर्ने सोच नै थिएन तर फिल्मको कथावस्तु मन परेरै फिल्म गरेकी हु । पहिलो गीतबाट मैले पाएको प्रतिक्रियाले निकै उत्साहित छु भने फिल्ममा मोडलिङ नै गरिरहेको देखिनेछु । फिल्ममा काम गर्दै गएपछि नेपाली फिल्मलाई अझै नजिकबाट चिन्ने मौका मात्र पाएको छैन , बदलिदो मेकिङ शैलीले खुसि पनि छु । किनकी मैले सुनेको भन्दा निकै राम्रो भइसकेको छ । मेरो पहिलो फिल्म भएकाले दर्शकले नहेर्दासम्म धेरै बोलन त मिल्दैन तर सक्दो राम्रो गर्ने कोशिस गरेको छु ।

प्रशान्त ताम्राकार – यस फिल्ममा मैले मलाइ सुहाउदो क्यारेक्टर गरेको छु । धेरै कुरा मैले खुलाउदा मज्जा नऔला तर टिजर हेरेर पनि तपाइँले एक किसिमको अनुमान लगाई सक्नुभएको छ । यस फिल्ममा दर्शकले मलाइ एक नयाँ अवतारमा हेर्न पाउनेछन् ।

 

प्रतिक्रिया