अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

उदाहरणिय काम गर्न जनप्रतिनिधि व्यवसायिक बन्दै

बिआरटीनेपाल २०७४ भदौ १० गते ६:३७ मा प्रकाशित

भष्टाचार नगरी निष्पक्ष र पारदर्शी रुपमा जनताको काम सम्पन्न गर्न जनप्रतिनिधि स्वयम् व्यवसायिक बन्नु पर्ने कुरालाई मनन् गर्दै मोरङको पथरीशनिश्चरेका एकजना जनप्रतिनिधिले आफुले व्यवसाय समेत थालेका छन् ।

नगरका निर्वाचित जनप्रतिनिधिमध्ये उमेरले कान्छा पथरीशनिश्चरे १० का सदस्य अनोज घिमिरेले आफ्ना दाजू विनोद घिमिरेसँग मिलेर स्थापना गरेको ‘कृतिका कार्पेट तथा प्लाष्टिक हाउस’को आज एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्टले उद्घाटन् गर्नुभयो । विष्टले रिबन काटेर र सामान किनेर पसलको उद्घाटन् गर्नुभयो ।

पथरीको सिनेमा हल उत्तरमा रहेको पसलको उद्घाटनका क्रममा विष्टले यसखाले व्यवसायले जनप्रतिनिधिहरुलाई आफ्नो आर्थिक अवस्थामा सहयोग पुर्याउँदा समाजसेवा गर्न थप सजिलो भई जनताको काम प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

जिरिखिम्ती निवासी घिमिरेल दाजुभाईले १५ लाखको लगानीमा कार्पेट, प्लाष्टिकका कुर्सी, पर्दा सहितको व्यवसाय शुरु गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू