अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

बलात्कारको आरोप लागेका धर्मगुरु गुरमीत रामरहीम दोशी ठहर, हिंसात्मक बन्यो समर्थकको आन्दोलन

बिआरटीनेपाल २०७४ भदौ ९ गते ६:५५ मा प्रकाशित

भारतको पंचकुला स्थित बिषेश सिबिआईले धर्मगुरु गुरमीत रामरहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको छ । बलत्कारको आरोपमा पक्राउ गरि हिरासतमा राखिएका डेरा सच्चा सौदाका प्रमुख रहीमलाई शुक्रबार बिषेश सिबिआई अदालले शुक्रबार दोशी ठहर गरेको हो ।

रहीम बिरुद्ध अदालतको फैसला सुनाए लगत्तै उनका समर्थकहरुले हिंसात्मक प्रदर्शन सुरु गरेपछि सुरक्षाबल र डेरा समर्थकको झडपमा ३ जनाको मृत्यु भएको बताईएको छ । उनिमाथी आरोप लागेर पक्राउ परेपछि नै उनका समर्थकहरुले भारतमा हिंसात्कम आन्दोलन गर्दै आएका छन् । यस अघि प्रदर्शनकारीले एनडीटीवीका पत्रकारमाथी हमला गरेर घाईते बनाएका थिए ।

रहीमलाई सेनाको वेस्टर्न कमाण्ड मुख्यालयमा राखिएको छ । उनलाई कुन जेलमा पठाउने भज्ने शुक्रबार राति कुनै पनि बेला वा शनिबार तय हुनेछ ।

ठुलो संख्यामा समर्थकहरुले प्रर्दशन र तोडफोट गरेपछि हरियाण, चण्डीगड, पंजाव सिरसानगर लगायतका स्थानमा कर्फ्यु समेत लगाउन परेको छ ।  आज उनको अदालती सुनुवाई भएकाले पनि उनलाई राखिएको स्थान देखी अदालत परिसर सम्मै उनका समर्थकहरुको कारण सडक अवरुद्ध भएपनि उनलाई हेलिकप्टर मार्फत अदालत लगिएको थियो । डेड लाख समर्थकहरुको नाराबाजी र आक्रमक प्रदर्शनका कारण तनाव नियन्त्रण गर्न नसकेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू