अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

गोविन्द केसीको समर्थनमा ताल बिनाको बाजामा जनता जगाउँदै सृजनशिल युवा (VIDEO)

बिआरटीनेपाल २०७४ साउन २६ गते १५:३६ मा प्रकाशित

चिकित्सा क्षेत्रमा भएका अनैतिकताको बिरोधमा पछिल्लो १९ दिनदेखी अनसनमा बसिरहेका डा. गोविन्द केसीको समर्थनमा सृजनात्मक आन्दोलन सुर भएको छ । बिद्यार्थी जीवनमै रहेका युवा लेखक तथा तथा साहित्य, संगीत र कला क्षेत्रमा अवद्ध एक युवा समुहले डा केसीको समर्थनमा सडकमै उत्रेर जनतालाई जगाउन सृजनात्मक आन्दोलन सुरु गरेका हुन् ।

कुनै राजनितीक दलसंग आवद्ध नरहेका यी युवाहरु बिहिवार दिनभरी पानी समेत नपिई माईतघिरमा अनसन बसेपछि साँझ रत्नपार्क स्थित शान्तिबाटीकामा बिनातालको बाजामा प्रस्तुत भए । कसैको हातमा मुरली, कसैको हातमा सारगीं, गीतार, मादल, सिठ्ठी लगायतका बाद्यय सामग्री देखिएपनि ति बाजाहरु उनिहरुले बिना तालमा बजाईरहेको देखिन्थ्यो ।

सरकारको बेथीतीको बिरोधमा उत्रेका यी युवाहरु जागो जागो भन्दै डा. केसीको जीवन रक्षा र उनका मागहरु प्रति जनतालाई जाग्नका लागि अनुरोध गरीरहेका थिए भने सरकार मौन बसेको भन्दै सम्बन्धीत निकायलाई पनि माग संबोधनका लागि सचेत गराईरहेका थिए ।

आज (शुक्रबार) दिउँसो १ बजे बालुवाटार पुगेर यसै प्रकारको दवावमुलक आन्दोलन गर्ने तयारीमा रहेका यो अभियानका अभियन्ता युवा कवि रसिक राजले भने ‘डा.गोबिन्द केसी व्यक्ति वा डाक्टर मात्र होइनन् हरेक ३ करोड नेपालीको स्वास्थ रक्षक हुन,हरेक नेपालिको प्रतिनिधि पात्र हुन।।हामीलाई बचाइराख्ने एक सम्भावन हुन। हामीले उनलाई जिताउनु भनेको हामीले जित्नु हो। उनी हारेरनरहे हाम्रो राम्रो हुने सम्भावना माथि कुठाराघात हुन्छ,तसर्थ हामी अहिले नउठे कहिले उठ्नेरु अहिले नबोले कहिले बोल्ने।के हामी शक्ति सत्ता कुर्सीका मुनि कुचिने किरा हौ ? होइन हामी शक्ति हौ हामी सबथोक हौ।

हामी मौन घर भित्र थुनिएर बस्नु भनेको निकै लजास्पत कुरा हो।देशको दुर्भाग्य हो(के अस्पतालमा मृत्यू खोज्ने हामीरुके बधशाला बनिरहेको अस्पतालको रुपान्तर चाहदैनौ -धरमराउदै गरेको हाम्रो राष्ट्रको पुनर्जागरण चाहदैनौ। एक सम्भावना एक दियो एक आभा डाक्टर केसी लाई अस्ताउनर निभ्न नदिउँ ।’

त्यस्तै अभियानका अर्का युवा लेखक गगन ढुंगानाले पनि जनताको स्वास्थ्य रक्षाका लागि लडेका डा. केसीको मागप्रती सरकार कानमा तेल हालेर बसेको भन्दै डाक्टर केसिलाई तलमाथी केहि भैहाल्यो भने आफुहरुले त्यत्तिकै नछोड्ने चेतावनी दिएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू