अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

सम्झना ओलीको तिज गीत ‘भदौरे बेलैमा’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन १८ गते ७:३५ मा प्रकाशित

नगेन्द्रमणि न्यौपाने दमक, गायिका सम्झना ओलीको “भदौरे बेलैमा” बोलको नयाँ तिज गीतको म्युजिक भिडियो बजारमा सार्वजानिक गरिएको छ । गायीका ओलीको आफनै शब्द संगीत स्वर रहेको “भदौरे बेलैमा” बोलको गीत म्युजिक भिडियो यसै साता युवटयूव मार्फत सार्वजानिक गरिएको हो ।

पुर्वाञ्चलको सु्न्दर शहर दमकमा छायंकन गरिएको सो म्युजिक भिडियोको निर्देशन किरण चाम्लीङले गरेका छन भने छायाकंन भुपेन्द्र तुम्बाहाम्फेको रहेको छ । गायीका ओलीको यो गीतमा रविन तामाङको कोरीयोग्राफि रहेको छ ।

तुलसी आङदेम्बेको मुख्य भुमिका रहेको यो गीतको म्युजिक भिडियोमा दमक डान्स सेन्टरका कलाकारहरुले समेत साथ दिएका छन ।

प्रतिक्रिया