अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

NRNA जापानको महा-सचिब पदका उमेद्वार बुद्धिराज घिमिरेको २१ बुँदे प्रतिवद्धता

बिआरटीनेपाल २०७४ साउन १६ गते ५:५६ मा प्रकाशित

गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानका सचिव बुद्धिराज घिमिरेले आगामी नयाँ कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।एनआरएनए जापानमा सकृय अभियन्ताकाे छवि बनाएका घिमिरेले एनआरएनए अभियानलाई सार्थक बनाउन तथा एनआरएनए जापानको गतिविधिलाई प्रभावकारी बनाउन महासचिवमा उम्मेदवारी घोषणा गरेको जनाएका हुन् ।

एक विज्ञप्ती जारी गर्दै घिमिरेले जापानवासी नेपालीको साझा अभियन्ता भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रवासमा युवा एकताका लागि सक्षम नेतृत्वको आवश्यकता भन्ने मुल नाराका साथ घिमिरेले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । करिब १२ वर्ष अघि विद्यार्थी भिसामा जापान प्रवेश गरेका घिमिरे हाल टोकियोमा रेमिटयान्स तथा रेष्टुरेन्ट व्यवसायमा संलग्न छन् । जापानमा रहेका ७० हजार नेपालीको साझा अगुवाका रुपमा महासचिवमा उम्मेदवार बन्न लागेको प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन ।

आफ्नो २१ बुँदे प्रतिवद्धता र भावि योजना सहित चुनावी मैदानमा उत्रन लागेका घिमिरेले आफू सर्बसम्मत हुने सम्भावना रहेको दाबी समेत गरेका छन।

महासचिव उम्मेदवार घिमिरेको प्रतिवद्धता पत्र

आदरणीय जापानवासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुमा हार्दिक नमस्कार ।

भूमिका,

म बुद्विराज घिमिरे १२ वर्ष अघि विद्यार्थी भिसामा जापान प्रवेश गरी हाल टोकियोमा रहेर व्यापार/व्यवसाय साथै गैरआवासीय नेपाली संघसंग आवद्व भई अघि बढिरहेको अवगत गराउन चाहन्छु ।

७० हजार भन्दा बढी नेपालीहरुको वसोवास जापानको विभिन्न क्षेत्रमा रहेको सवैमा अवगत नै छ । विभिन्न आरोह र अवरोहका बीच पनि आफूलाई परिष्कृत गर्दै अघि बढिरहेको र एनआरएन अभियानमा समेत सक्रियताका साथ आफ्नो जिम्मेवारी पुरा गरि नेपालीको हितमा लागिरहेको छु । एनआरएन अभियानमा जोडिएर सामाजिक कार्यमा प्रतिबद्व भएर लागेकोले आगामी कार्यकालका लागि योग्य उम्मेदवार रहेको र एनआरएन अभियानसंग निकटता रहेको हुदा नेपालीहरुको समस्यासंग नजिक त छदै छु, त्यो भन्दा बढ्ता समाधानका लागि आफूले अग्रस्थानमा रहेर भूमिका निर्वाह गरेको कैयौ उदहारण रहेको स्मरण गराउन चाहन्छु ।

जोस, जागर र काम गर्ने इच्छा शक्तिलाई पुनः सदुपयोग गरी हातेमालो गरेर अगाडि बढ्ने दृढ चाहना अनुरुप राष्ट्रिय समितिको महासचिव पदमा उम्मेद्वारीसंगै यहाँहरुको रचनात्मक भूमिका सहितको प्रेरणा प्राप्त हुनेछ भन्नेमा पूर्ण विश्वस्त रही उम्मेद्वारी दिने निर्णयमा पुगेको छु ।

नेपालमा पाँच वर्ष आर्थिक तथा प्रशासनिक क्षेत्रमा काम गरेको अनुभव बटुलेको साथै जापानमा विद्यमान संघ-संस्था मध्ये ८ वटा संस्थाको सचिव र महासचिव पदमा रहेर काम गरेको अनुभव सँगालेकोले आफू योग्य रहेको दावी प्रस्तुत गर्न चाहन्छु ।

विषय प्रवेश :
सन २००३ मा लण्डनमा सम्पन्न गैरआवसीय नेपालीहरुको वृहत भेलाले नेपालको विकास र प्रवर्द्दनमा टेवा पुर्याउदै संगठित रुपमा एक हुदै नेपालीहरुको हित र पक्षपोषण गर्ने उदेश्यका साथ एक जिम्मेवार संस्थाको रुपमा स्वतन्त्र गैर नाफा मूलक संघको रुपमा स्थापित भयो । संघको वृहत्तर दायरा भित्र रही सन् २००४ मा टोकियोमा सम्पन्न भेलाले राष्ट्रिय समन्वय परिषद जापानको गठन एवं संचालनको लागि अग्रणी भूमिका रहयो।

संस्थामा प्रवेश :
-सन् २०११-२०१३ मा एनआरएन जापानको कान्तो क्षेत्रीय समितिको सचिवमा सर्वसम्मत चयन ।
-सन् २०१५-२०१७ को एनआरएन जापानको केन्द्रीय कार्यसमितको लागि भएको निर्वाचनमा सचिव पदमा विजयी ।

नीति तथा योजना:-
कार्य क्षेत्रलाई २ भागमा विभाजन गरिने छ।
क) कार्य क्षेत्र (जापान)
ख) स्वदेश (नेपाल)
क) कार्यक्षेत्र (जापान)

१. राष्ट्रिय कमिटी संचालन:-

क) एनआरएन विधानको परिधि भित्र रही आफ्नो कार्यक्षेत्र साथै अधिकारलाई सत प्रतिशत सफल र परिणाम मुखी बनाउदै जापानवासी सबै नेपालीलाई एनआरएन प्रति जनलहर ल्याउन अझै विश्वसनीय भूमिका र योगदान रहने छ ।

ख) कमिटीको संरचना र संचालनमा विधानमा ब्यवस्था नभएको तर बर्तमान परिस्थिति अनुरूप समय सापेक्ष ब्यवस्थित गरि आचारसंहिता मार्फत राष्ट्रिय कमिटीको संचालनको बनावट र काम, कर्तव्य र अधिकारलाई परिमार्जन गरि कुशल र सक्षम विधिको पालना गरिने छ।

ग) बुद्धिजीवि, समाजसेवी,प्राविधिक र बौधिक बिधार्थिबर्ग र बिषय बिशेषज्ञहरुलाई ससम्मान बिभागिय ज़िम्मेवारी दिदै अधिकतम् लक्ष्य हासिल गर्न सहयोग लिईने छ।

२. क्षेत्रीय कमिटी संचालन/परिचालन:-

क्षेत्रिय कमिटीहरुलाई अझै सक्रिय र समय सापेक्ष रुपान्तरण गरि आधुनिक र प्रविधि युक्त संरचनाको थालनी गर्दै विकेन्द्रिकरण नीति अपनाईने र सिमित श्रोत र साधनबाट असीमित लक्ष्य हासिल गरिने छ।साथै साधारण/पंजिकृत सदस्यको आधारमा एक मापदण्ड तयार गरि कार्यसमितिको संख्या निर्धारण गरिने छ ।

३.विद्यार्थीको लागि एनआरएनए/नेपाल:-
क) विद्यार्थीको लागि विद्यार्थी
ख) समय सापेक्ष विधानमा परिमार्जन
ग) नेपाल/जापानमा विद्यार्थी मेला र परामर्श सेवा
घ) समय अनुसार विद्यार्थीका लागि स्थायी रोजगारी र अध्यनको लागि सेमिनार र मेला
ङ) क्षमता अभिबृदी तथा वक्तित्वकला
च) छात्रवृति र विद्यार्थीको संगठनसंग कार्यगत समन्वय
छ) बालवालिका हरुको लागि केन्द्रित गरि नया कार्यक्रमहरु तर्जुमा गरिने छ

४. विधान:-
क) विद्यार्थीको लागि विधानमा आधुनिकीकरण
ख) कार्यसमिति सदस्य लाई थप अख़्तियारी
ग) क्षेत्रीय कमिटीको काम, कर्तव्य र अधिकार विकेन्द्रिकरण
घ) दोहोरो अर्थ लाग्ने र प्रष्ट नभएका बुदाहरु समय सापेक्ष परिमार्जन
ङ) क्षेत्रीय कमिटीमा कार्यसमितिको संख्या साधारण/पंजिकृत सदस्यको आधारमा व्यवस्था

५. सामाजिक संजाल र वनावट:-
जापानमा रहेका विद्यमान संघ-संस्थासंगको भूमिका र सहयोगलाई हातेमालो गर्दै पृथक पहिचान बनाउन अग्रगामी भूमिका रहने छ । नेपाली-नेपाली बीचको एकता र सद्भावनालाई अझै प्रभावकारी बनाउन पहल गर्दै जापानमा बिधमान राजनैतिक दलका भात्रि संगठन एवं बिधमान संघ-संस्थासंग सुमधुर सम्वन्ध कायम राख्न सकृय रहने छु ।समाजका प्रतिष्ठित ब्यक्तित्वलाई सम्मान गरिने पद्धतिको ब्यवस्था गरिने ।

६. भाषा कक्षा/नोकरी परामर्श :-
क) सम्भव हुने क्षेत्रीय कमिटीमा निःशुल्क जापानिज र नेपाली भाषा कक्षाको लागि विशेष पहल गरिने ।
ख) स्यूसोकु (नोकरी) को लागि छुट्टै परामर्श सेवाको व्यवस्था गरिने ।

७. जापानमा रहेका गैरआवासीय नेपालीहरुको समस्या, समाधान र भैपरी आउने आपतकालिन अवस्थाको लागि सहयोग गर्न एक आपतकालीन सहयोग कमिटी वनाई १३ क्षेत्रमा नै सहभागी गराई त्यसलाई चौविसै घण्टा सक्रिय र निरन्तरताको लागि पहल गर्ने छु ।
८. समय समयमा जापानमा हुने परिवर्तित अवस्था (कानुन, नीति नियम) लाई ख्याल गर्दै जन-चेतना मुलक कार्यक्रम र सेमिनारहरु गर्ने छु।
९. नेपाली-नेपाली बीचको एकता र सद्भावनालाई अझै प्रवावकारी बनाउन पहल गर्दै जापानमा रहेका संघ-संस्थासंग सुमधुर सम्वन्ध कायम राख्न सकृय रहने छु ।

१०. आईसीसी मार्फत हाम्रो माग:-
क) नेपालको लागि विदेशबाटै मतदाता परिचय पत्र बनाउने ब्यवस्था हुनु पर्ने
ख) विदेशबाटै नेपाल सरकारको मताहतको निर्वाचनमा मताधिकार
ग) एक पल्टको नेपाली सधैको लागि नेपाली

११.सातौँ राष्ट्रिय कमिटीका योजनाहरुको निरन्तरता:-
क) राहत कोष
ख) ग्रिन प्रोजेक्ट
ग) एप्स प्रविधि प्रणाली
घ) स्मारिका प्रकाशन
ङ) क्षेत्रीय संयोजकहरुको भेला
च) बढ्दो आत्महत्या र आकस्मिक मृत्यु विषयक अध्ययन तथा सुझाव कमिटीको प्रतिवेदन कार्यन्वयन

१२. जापान प्रहरी प्रशासन र जापानी संग समन्वय:-
क) समन्वय
ख) नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सन्देश राख्न पहल

१३. वार्षिक क्यालेण्डर:-
वार्षिक क्यालेण्डर मार्फत एनआरएनए जापानका योजनाहरु संचालन गरिने छ।

१४. स्वास्थ परामर्श :-
स्वास्थ विशेषज्ञको समन्वय र सहयोगमा स्वास्थ परामर्शको ब्यवस्था लाई प्राथमिकता दिईने छ।

१५. महिला स्वास्थ र समस्या सम्वन्धि विशेष परामर्श सेवा:-
महिला वर्गको समस्या न्यूनिकरणको लागि महिला आवाज़ र समस्याका विषय बस्तुलाई संवोधन गर्न महिला उपाध्यक्ष मार्फत विशेष महिला विभाग गठन गरि स्वास्थ्य र समस्याको न्यूनिकरण गर्न पहल गरिने छ।

१६. नेपाली दूतावाससंगको सम्वन्ध:-
नेपाली दूतावास संघको प्रमुख संरक्षक रहने प्रावधान अनुरूप सहयोग र सहकार्यमा आपसी सद्भाव बृद्घि गरि समन्वय गरिने ।

१७. खेलकुद:-
क) खेलकुद क्षेत्रमा छुट्टै पहिचान क़ायम गर्न खेलकुद विभाग गठन गरि कार्य सम्पादन गरिने छ।
ख) जापानमा २०२० मा हुने ओलम्पिकको लागि नेपाल र जापानका सम्वन्धित सरोकारवालासंग समन्वय र सहकार्य गरि नेपालको सफल प्रतिनिधित्व गराउने तयारी गर्ने

१८. पूर्व अध्यक्षसंग समन्वय/सम्मान :-
२००४ देखि हालसम्मका अध्यक्षहरुसंगको समन्वय र सल्लाह लाई प्राथमिकता दिदै स-सम्मान सहयोग लिईने

१९. पर्यटन प्रवद्धन:-
क) नेपाल र नेपालीको सॉखलाई उच्च राख्दै पर्यटकिय क्षेत्रलाई बिशेष स्थान दिने गरि नेपाली प्राकृतिक सम्पदा र पर्यटकिय क्षेत्रलाई आधार मान्दै पोस्टर बनाई सबै नेपालीको रेष्टुरेण्ट र कार्यालयमा राख्ने ब्यवस्था गरिने छ ।
ख) एक नेपाली एक पर्यटनको लक्ष्य राखिने छ ।
ग) हाम्रो कला, संस्कृति, पर्यटन र देशको प्रतिष्ठालाई अझै प्रभावकारी वनाउन जापानमा रहेका कलाकार, पन्चेबाजा, भजन, लोकदोहरी र खेलकूद क्षेत्रलाई प्रोत्साहित गर्दै प्राथमिकतामा राखिने छ ।
घ) नेपालको भ्रमण गरिसकेका जापानीसंग प्रतिक्रिया संकलन गर्ने र सुधार गर्नु पर्ने विषयमा सम्वन्धित निकायमा संकलित सुझाव पेश गर्ने ।
२०. कला ,साहित्य र पत्रकारिता :-
क ) साहित्य समाजको दर्पण हो भन्ने मुल मर्मलाई आधार मानी बिदेशमा नेपाली कला, साहित्य र गीत संगीतको बिकाश  र गुण स्तरीयता अभिबृद्दी गर्न बिशेष भूमिका खेल्ने छु
ख) मुलुकको चौथो अङ्ग पत्रकारिता र पत्रकार माहनुभाबसँग हातेमालो गर्दै अगाडी बड्ने छु ।
ग) स्वदेश (नेपाल)

२१.वैदेशिक लगानी र हाम्रो भूमिका:-
क) नेपालमा लगानी गर्नको लागि लगानीकर्ताको खोजी
ख) लगानीको लागि प्रोत्साहन/समन्वय
ग) नेपालीको पूँजी र मानव संसाधनलाई नेपालको चौतर्फि बिकासमा लगानी गर्न नेपाल सरकार र उद्यमीहरूसंग साझेदारी स्थापना गर्ने

 

आदरणीय जापानवासी नेपाली दाजु-भाइ तथा दिदी- बहिनीहरु, यिनै प्रतिबद्धता सहित यहॉहरुको सामु प्रस्तुत भएको छु । आशा छ यहॉहरुको समर्थन र बहुमूल्य मतले मलाई यसपटक एनआरएनए जापानको महासचिवको रुपमा कार्य गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वासका साथ हजुरहरुको अमुल्य मतको लागि हार्दिक अनुरोध गर्दछु ।
जय एनआरएन

भवदीय
बुद्धिराज घिमिरे
(एनआरएनए जापानको २०१७-१९ को लागि महासचिवमा उम्मेदवार)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू