अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४९ | Colorodo: 14:04

गायीका लक्ष्मी पोख्रेलको तिज गीतमा श्रीमानले माईत जान नदिएको पिडा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन १४ गते ७:२८ मा प्रकाशित
घरको बिशेष कामले श्रीमान बाहिर जान्छन्, तीजको लागि आफ्नी दिदी लिन भाई त्यहि बेला दिदीको घर पुग्छन् । घरमा दिदीमात्र हुन्छिन् भिनाजू बाहिर निस्किसकेका हुन्छन् । भाईले दिदीलाई म तीजको लागि लिन आएको भन्छन् । भाईको कुरा सुनेर भावुक हुदै दिदीले भिनाजुले माईती नगई घरमै बस भनेको भन्दै भाईसामु बिलौना गर्छिन् ।
यो कथा तीजको म्युजिक भिडियोमा समावेश गरिएको छ ।  दिपक अधिकारीको शब्दमा तयार भएको तीज गीतलाई लक्ष्मी पोख्रेलले बजारमा ल्याएकी छन् । लक्ष्मी पोख्रेल र राजन न्यौपानेको स्वर रहेको छ । शितल सिजन डिजिटलबाट बजार व्यवस्थापन भएको गीतको म्युजिक भिडियोलाई मिलन थापाले निर्देशन गरेका हुन भने सरोज अधिकारीको छायंकन र सुबास अम्गाईको सम्पादन रहेको छ । हेरौं यो मार्मिक गीत जस्ले दिदी बहिनिको पीडा बोलेको छ ।

https://www.youtube.com/watch?v=675gKsTofgs&feature=youtu.be

प्रतिक्रिया