अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

जग्गाको बिबाद बढेपछि जग्गा धनिबिच कुटाकुट (भिडियो)

बिआरटीनेपाल २०७४ साउन १४ गते ४:५२ मा प्रकाशित
पोखरा लेखनाथ वडा नंं १५ मा जग्गा बिबादको कारण जग्गा धनीबीच झडप भएको छ । जग्गाको बिबाद पहिलेबानै भएको र नापी कार्यालयबाट पनि कर्मचारी खटाईएर नाप्ने क्रममा झडप भएको हो ।
प्रहरी स्थानीयबासी र नापी कार्यालयका कर्मचारी समेत उपस्थित ठाउमा दुई जग्गा धनीबीच झडप भएको थियो । झडपको सरुवात दुई पक्षिय महिलाबाट भएको भिडियोमा देख्न सकिन्छ तर पछि पछि भने एक युवकले महिलाको ढाडमा लात्ती प्रहार गरिरहेको दृश्य पनि देखिन्छ । महिला पुरुष सबै लडाईमा सामेल भएपछि प्रहरीलाई समेत सम्हाल्न मुस्किल भएको थियो । नापी कार्यालयले जग्गा नाप्न खोज्दा एक महिलाले नाप्ने फित्ता नै मुखमा हालेर चपाएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू