अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

संयुक्त राष्ट्र सङ्घलाई ध्यानाकर्षण पत्र

बिआरटीनेपाल २०७४ साउन १२ गते १८:२७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले भारतको पश्चिम बंगालमा नेपाली भाषीहरु विरुद्ध भएको दमनको विरोधमा संयुक्त राष्ट्र सङ्घलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव अन्टोनियो गुट्रेसलाई उद्घृत गर्दै पत्रमा हालै पश्चिम बङ्गालमा नेपाली भाषा र नेपाली भाषीमाथि गरिएको अत्यन्तै ज्यादती, अत्याचार र अमानवीय व्यवहारको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज घोर भर्सना गर्दै नेपाली भाषा र नेपाली भाषीको सम्मान गर्न तथा उनीहरुमाथि गरिएको अमानवीय व्यवहार तुरुन्त रोक्न संयुक्त राष्ट्र सङ्घलाई आव्हान गरिएको छ । भाषा, साहित्य र संस्कृति मानवीय जीवनका अभिन्न अङ्ग भएको आजको विश्व जगतमा पश्चिम बङ्गाल सरकारले नेपाली भाषा र नेपाली भाषीमाथि गरेको दुखद, अत्याचार र अन्यायपूर्ण व्यवहार अविलम्ब अन्त्य गरी स्वतन्त्रतापूर्वक स्वेच्छाले भाषाको प्रयोग गर्न पाउने स्वतन्त्र अधिकार सुरक्षित गर्दै पश्चिम बङ्गाल सरकारले गरेका दमन कार्य तुरुन्त बन्द गर्न आवश्यक कदम चाल्न संयुक्त राष्ट् सङ्घलाई अनुरोध गरिएको छ ।

संस्थाका अध्यक्ष पदम विश्वकर्माद्वारा हस्ताक्षरित पत्र संयुक्त राष्ट्र सङ्घका महासचिवलाई बुझाउनुका साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा न्युयोर्कस्थित संयुक्त राष्ट् सङ्घको प्रधान कार्यालय अगाडी प्रदर्शन आयोजना गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू