अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

एनआरएन अमेरिकाको चुनावी मैदानमा मणी नेपालीको घोषणा र उनिमाथी बनेको म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ साउन ११ गते ५:३७ मा प्रकाशित
एकताको लागि मणी नेपाली पनेरुको महत्वपूर्ण घोषणा

मेरो होस् सम्हाले देखी समाज सेवामा लाएकोले मलाई मायाँ गर्नेहरु आदरपूर्वक सेवक मणी भनेर सम्वोधन गर्छन् जुन मलाई प्यारो पनि लाग्छ। “परोपकार पुण्ड्याया पापाया पर पिडनम” भन्ने नेपालपुत्र वेदव्यासको १८ पुराणको निचोड माथिको महावाणी मान्ने हो भने संसार स्वर्ग हुन्थ्यो र त्यस अनुसार जिउन प्रयास गर्नु पर्छ भन्ने मेरो जीवन दर्शन हो। मानवताको म पूजारी हुँ म देश भक्त हुँ, अमेरिका भक्त हुँ, नेपाल भक्त हुँ। र नेपाल र नेपालीसङ्ग म प्रेममा फसेको छु। केही दिन चाहन्छु। अमेरिकामा रहेको वर्तमान  अनुदार आप्रवासन  नितिले गर्दा हामी अल्पमतमा रहेका सम्पूर्ण समुदाय संकटमा परेको कुरो नमिठो लाग्न सक्छ तर यो ध्रुव सत्य हो। ढीलो चाँडो यो घाम जत्तिकै छर्लङ्ग हुने छ सबैलाई।

हामी नेपालीहरुले समयमा बुद्दी नपुर्याएर धेरै चिज गुमाई सकेका छौं, बर्माबाट, नागाल्यान्डबाट, आसामबाट, भुटानबाट र अन्य  देश विदेशबाट लखेटिएका छौं र आज दार्जिलिङबाट पनि लखेटिने अवस्थामा पुगेका छौं। भोली अमेरिकामा पनि हाम्रो त्यही हबिगत नहोला भन्न सकिन्न। एकता नै बल हो। एकताको बलले हामी कुनै पनि बलियो सत्रुलाई परास्त गर्न सक्छौँ। तसर्थ नेपाली एकताको साझा सपनालाई साकार पार्न  हामी सबै एक हुन जरूरी छ। यही यथार्तलाई आत्मसात गर्दै मैले एन आर एन को माध्यमबाट नेपाली एकता लाई  टेवा  पुर्याउने एक मात्र उद्देश्यले मैले उम्मेदवारि दिएको हुँ।

मेरा उम्मेदवारीको चार आर्य सत्यहरु निम्न छन:

 

१.     नेपाली जातिको सबलीकरण र सम्व्रिद्दिको लागि नेपाली एकता अपरिहार्य छ।

२.     वर्तमान अव्स्थामा एन आर एन नेपाली  एकताको एक मात्र बिकल्प हो ।

३.     एन आर एन र नेपाली समाजलाई मणी नेपालीहरुको खाँचो छ ।

४.     नेपाली समुदायले विवेकशील निर्णय गर्दै मणी नेपालीहरुलाई छान्नु पर्छ।

म मणी नेपाली व्यक्ती भन्दा एक विचार हुँ। मेरो विचारको नजिक जो छन ती सबै मणी नेपालीहरु हुन। मेरा यि जीवन दर्शन र सत्प्रयासहरु नेपाल विश्व सहयोग संघ एन ए जि सि मा समाहित छ र क्यालिफोर्निया, अमेरिका,  नेपाल र अन्तरराष्ट्रिय जगतमा व्याप्त छ। म निर्वाचनमा गम्भीरता साथ लागेको थिएँ। यो क्रममा मैले एन आर एन लाई केही टेवा अवश्य पुर्याएको छु। सदस्यताको निराशाजनक स्थितिमा मैले आफ्नो तन मन धन र प्रचार ले सदस्यता बृदिमा योगदान पुर्याएँ। एन आर एन बिरुद्द ठुलै असन्तुष्ट जमातलाई क्रमश: सकारात्मक बनाउँदै गएको थिएँ र सो क्रम जारी छ र जारी रहने छ। व्यक्ती खराव हुनसक्छ तर संस्था सदैव पवित्र हुन्छ र त्यसलाई पवित्र रहन दिनु पर्छ। हाल आएर निर्वाचनको होडबाजिमा एन आर एन को भविष्यमा खेलबाड हुनसक्ने खतरा प्रती म अत्यन्त चिन्तित छु। एन आर एन लाई आफ्नो पेवा बनाउन पट्टी नलागी सबैको साझा बनाउन पर्ने अपरिहार्यतालाई हृदयङ्गम गर्न सबै सङ्ग विनम्र अनुरोध गर्दछु। यसको लागि एन आर एन ए आई सि सि ले एक अध्यादेश मार्फत सर्वमान्य नयाँ नेत्रित्वको चयन गर्न मार्ग प्रसस्त गोरैस र सम्भावित पतनबाट जोगाओस भन्ने जोडदार माग गर्दछु।

 

निर्वाचन अभियानमा धेरै समय, धन र शक्ती खर्च गरीसकेको छु। एन आर एन निर्वाचनको सन्दर्भमा मैले धेरै शिक्षा प्रापत गर्ने सौभाग्य पाएको छु। यो  बिचमा म भर्जिनिया, न्यु योर्क, सियाटल, लस यन्जलस, टेक्सास्को  डलास र अस्टिन, शिकागो, र म्याडिसन लगायत उत्तर क्यालिफोर्नियामा हजारौँ व्यक्तिहरु माझ मेरो निर्वाचन अभियान सम्पन्न भएको  छ। यो विचमा मैले सैयौँ इस्ट मित्र र महत्वपूर्ण व्यक्तित्वहरुको आपार स्नेह र समर्थन पाउन सकेको छु। यो उपलब्धी मेरो उपाधक्ष पद भन्दा धेरै  महत्वपूर्ण छ। मणी नेपाली जितीसकेको छ अब मणी नेपालीहरुको पालो छ जित्ने।

एकताको माध्यमबाट सामाजिक उन्नती भएको र मेरो जीवन कालमा नै समाज एक कदम माथि उठेको हेर्ने रहर छ। थाह छैन त्यो रहर पुरा हुन्छ वा हुँदैन तसर्थ नेपाली एकताको मुद्दा, एक कष्टप्रद मुद्दा हो, आजको जल्दो बल्दो मुद्दा हो। हो आज एकताको लागि सबैले आ-आफ्नो क्षेत्रबाट मुल्य चुकाउन जरूरी छ। त्यसै वास्तविकतालाई आत्मसात गर्दै म यो निर्णयमा पुगेको हुँ। एकताको लागि धेरै मुल्य चुकाइसकेको म मणी नेपाली पनेरु, एकताको लागि मेरो उम्मेदवारीमा पुनर्विचार गर्दछु।

 

मेरो पुनर्विचारका आधारहरु निम्न छन।

 

१.     मैले निर्वाचनमा जाँदा स्थानीय र राष्ट्रियरुपमा एकतालाई  कत्तिको टेवा पुगेको छ।

२.     हालसालै प्राप्त प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्ड (२०१६ स्वर्ण) को गरिमालाई मेरो उम्मेदवारीले के कस्तो प्रभाव पार्न सक्छ ।

३.     म संस्थापक अध्यक्ष रहेको संस्था नेपाल विश्व सहयोग संघ एन ए जि सि बहुमत साथीहरुको कस्तो धारणा रहेको छ।

४.     निर्वाचन पछीको परिणाम् जीत वा हार पस्चात मैले नेपाली समाजको एकता सबलिकरण सम्ब्रिद्दी तर्फको मेरो सत्प्रयासको ओजन घट्ला वा बढ्ला ।

५.    आफ्नाहरुको विरोधमा निर्वाचन लडेर मैले के पाउँछु वा के गुमाउँछु ।

६.    निर्वाचनमा नगएको अवस्थामा मेरो भूमिका कस्तो हुनसक्छ।

 

यो निर्वाचन अभियानमा निकै तीता मीठा, टर्रा, चिल्ला, खस्रा, गुलीया अनुभूतीहरु कमाएको छु जुन अनुभूतिहरु मेरो अर्को पुस्तक लेखनको अमुल्य सामाग्री बन्ने छ। यस बिच घात, अन्तर्घात, प्रतिघात, बन्धन, गठबन्धन काँडाहरुमा पनि हिडेँ। तर पनि मेरी अत्यन्त प्रिय पत्नी हेमा पनेरु, मेरो परिवार र मेरा हितैशी मित्रहरुले जुन अपूर्व प्रेम ममा बर्षाएका छन म सदा कृतकृत्य रहने छु। मलाई पूर्व आन्ध्र महासागर (Atlantic Ocean) देखी पश्चिम प्रशान्त महा सागर सम्म अपार समर्थन थियो र मलाई आशा छ सो मायाँ मैले सदा पाउने नै छु। यो विचमा पुराना र नयाँ नेत्रित्व विच एक्ता गर्ने प्रयास भएकोमा अत्यन्त उत्साहित भएको थिएँ। एकताको प्रयास महान पुण्य कार्य हो। त्यो प्रयास गर्ने व्यक्तित्वहरुलाई मेरो सलाम। मैले सबै प्यानल हरुको विच पनि त्यस्तै एकता होला भन्ने आशा राखेको थिएँ।

यसमा तोकेर नै भन्न पर्दा अध्यक्षका प्रत्याशी गौरी जोशीले एकताको लागि जुन मुल्य चुकाउन तयार हुनु भएको थियो त्यस प्रती नतमस्तक थिएँ र सदा रहने छु कारण म एकताको पूजारी हुँँ। यसै विच गौरी जिले आफ्नो समूहलाई एकताको एक प्रतीकको रुपमा श्रीजना गर्नु भएको छ। यो मेरो व्यक्तिगत विचार सङ्ग मिल्छ। आज हामी राजनिती धर्म, जात जाती र अन्य बिभाजन भन्दा माथि उठेर मातृभूमी नेपालको माटो निधारमा घस्दै एकताको लागि मुल्य चुकाउन तयार हुनु पर्छ। गौरीजिले जनसंपर्क, प्रवासि मन्च, जनजाती, र अन्य राजनैतीक एवम अन्य धेरैलाई समिटर आफ्नो प्यानल बनाएको मलाई मन पर्‍यो। मलाई लाग्छ त्यो अमेरिका नीवासी ठुलो जमातलाई मन परेको छ। हो आज हामीले एकतालाई हुन्छ भन्ने दिन आएको छ।

यि सबै कुराहरुलाई हृदयङ्गम गर्दै यो निर्वाचनमा  मैले हाम्रो संस्था एन ए जि लाई पनि गौरी जिको समूहमा साझेदार बनाउने निर्णय गरेको छु र म आँफै गौरी जोशी जि र उहाँका साथीहरुको आग्रहलाई ससम्मान स्विकार गर्दै नेपाली एकताको खातिर गौरी जोशिको समूहमा प्रवेश गरेको घोषणा गर्दछु। झिना मसिना कुराहरु मिलाउन पर्ने क्रममा अव हाम्रो पश्चिम छेत्रीय उपाधक्षको औपचारिक उम्मेदवार मेरी स्नेही बहिनी, सामाजिक सहकर्मी, एन ए जि सि कि अन्तरराष्ट्रिय सल्लाहकार तथा पश्चिम अमेरिका नेपाली महासंघ वाना कि संस्थापक अधक्ष उमा कार्की थापा रहेको स्पष्ट पार्दै गौरी जोशिको समूहलाई अत्याधिक बहुमतले जिताउन हार्दिक अनुरोध गर्दछु।

यसै घोषणा सङ्गै मेरो पश्चिम क्षेत्र को उपाधक्षको उम्मेदवारी आजको मितीदेखी कायम नरहेको समेत स्पष्ट गर्दछु। यसबाट मेरा प्रियजनहरुलाई दाँत मा ढुङ्गा लागे जस्तो अवस्य हुनेछ तर एकताको लागि मुल्य चुकाउने क्रममा मैले यो निर्णय लिन परेको हो र मेरा प्रियहरुको मायाँ यथावत पाइरहने विश्वास गर्दछु। त्यसको लागि म सबै प्रियहरुहरु सङ्ग हार्दिक क्षमा याचना गर्दै मेरो निर्वाचन अभियान नरोकिएको समेत अवगत गर्न चाहन्छु। मेरा चुनावी प्रतिवद्दताहरु पूरा गर्न सम्पूर्ण संघ संस्थाहरुलाई एन आर एन मा सम्मानजनक स्थान सुरक्षित गर्न र नेपालीलाई परेको पीर मर्कालाई आत्मसात गर्दै परेमा व्हाइट हाउस सम्मा जान तयार छु र एन आर एन मा शुद्धिकरण ल्याउने र सबैको साझा संस्था बनाउने मेरो अभियान जीवन पर्यन्त रहने छ भन्ने प्रतिवद्दता जाहेर गर्दछु।

मेरा भावनाहरु हालै लोकप्रिय गायक नरेन्द्र प्याशिले गाएको निम्न राष्ट्रिय गीतमा समेटिएको छ, अवश्य सुन्नु होला र शेअर गर्नु होला ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू