अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

रक गायक सुदिप थकालीको गीति एल्बम ‘रकस्टार’ भिडियो सहित बिमोचन  

बिआरटीनेपाल २०७४ साउन ६ गते २:३० मा प्रकाशित

विगत लामो समय देखि जापान बस्दै आएका रक गायक सुदिप कुमार थकालीको बहु प्रतिक्षित पहिलो गीति एल्बम ” रकस्टार ” को एक भव्य समारोह बिच काठमाडौँमा बिमोचन गरिएको छ l प्रमुख अतिथि बरिष्ट सङ्गीतकार दीपक जंगम तथा सङ्गीतकार प्रदिम बम्जन संगीता प्रधान तथा सङ्गीतकार राम सिटौला विशेष उपस्थितमा सम्पन्न बिमोचन समारोहमा अन्य धेरै नायक नायिका, गायक गायिका,कलाकार तथा पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो l विगत सात वर्ष देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए l सास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभावका छन् l

उक्त एल्बम बिमोचन कार्यक्रममा प्रमुख अतिथि बरिष्ट सङ्गीतकार दीपक जंगम अन्य अतिथिहरु सङ्गीतकार प्रदिम बम्जन संगीता प्रधान तथा सङ्गीतकार राम सिटौला ले रक गायक सुदिप कुमार थकालीको पहिलो एल्बम ” रकस्टार ” को प्रशंसा गर्दै उनको गीत गाउने शैली देखि शब्द छनौट पद्धति सम्म एकदमै राम्रो भएको र जादुमय स्वर तथा उत्कृष्ट सङ्गीतले सजिएको यस एल्बमले चाडैनै साङ्गीतिक फाटमा बेग्लै पहिचान बनाउन सक्ने र नेपाली गीत सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने कुरामा विश्वस्त हुँदै उनको एल्बमको समीक्षा गरेका थिए र सम्पूर्ण उपस्थितहरुले गायक सुदिप कुमार थकालीलाइ शुभकामना बधाई पनि दिएका थिए ।

“रक्स्टार” एल्बममा जम्मा सात वटा गीतहरू रहेका छन्,जसमा गायक सुदिप कुमार थकाली, गायक उदेश श्रेष्ठ र आशु लामाको शब्द सङ्गीत रहेको छ l उक्त अवसरमा रकस्टार एल्बममा रहेको “उडि जाने पन्छी” नामक गीतको म्युजिक भिडियो समेत लन्च गरिएको थियो जसमा नायिका तथा मोडल सुष्मा कार्की र निरन्जन प्रधानको जोडदार अभिनय रहेको छ l उक्त म्युजिक भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका छन् l

आफ्नो यस पहिलो एल्बमका गीतहरुले दर्शक स्रोताहरुको मन जित्ने विश्वास लिएका रक गायक सुदिप कुमार थकालीले “रकस्टार”’ नेपाली साङ्गीतिक आकाशमा सफल एल्बम हुने कुरामा बिस्वासरत छन् साथै यो आफ्नो पहिलो एल्बम भएकोले दर्शक तथा श्रोताहरुले सुनिदिएर, हेरिदिएर आफ्नो अमूल्य कमेन्ट गरी दिनुहुन पनि आग्रह गरेका छन् l आफू जहा रहे पनि संसारको जुनसुकै मुलुकमा रहे पनि नेपाली गीत सङ्गीतलाई माया गर्दै भविष्यमा पनि यस्तै श्रोता दर्शकहरुको मन छुने गीतहरू लिएर नेपाली संगतिक फाटमा आउने कुरा उनी बताउछन l

प्रतिक्रिया