अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

इक्वेटेरियल गेनियामा एनआरएको नयाँ नेतृत्वमा कृष्ण चन्द्र सेढाई अध्यक्षमा निर्वाचित 

बिआरटीनेपाल २०७४ साउन ३ गते २१:०७ मा प्रकाशित

मध्य पश्चिम अफ्रीका महादेशको ईक्वेटरियल गेनियामा रहेको बाटा शहरमा गैर आवासिय नेपााली संघ ईक्वेटरियल गेनियामा राष्ट्रिय समन्वय परिषदको प्रथम महाधिबेशन संम्पन्न भएको छ । यस महाधिवेशनले कृष्ण चन्द्र सेढाईको अध्यक्षतामा नौ सदस्यको नयां कार्य समिति दुई बर्षको लागी निर्विरोध चयन गरेको छ ।

त्यसैगरी उक्त नयां कार्य समितिमा, उपाध्यक्ष  कमल गौतम, सचिव बिष्णु हरी सेढाइ, कोषाध्यक्ष राज कुमार के.सि.,सदस्यहरु सुमन बि.के., मान बहादुर कार्की  लव कुमार थपलिया, दुतराज लामा, र अनिस ल्वागुण लाई निर्विरोध चयन गरिएको थियो । सभाले निवर्तमान अध्यक्ष सन्त बहादुर बिष्टलाई गैर आवासिय नेपााली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा ईक्वेटरियल गेनियाको प्रतिनिधित्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

सभामा मालाबो तथा बाटा शहरमा बसोबास गरिरहेका नेपालीहरुको उपस्थिति थियो । गैर आवासिय नेपााली संघ ईक्वेटरियल गेनिया राष्ट्रिय समन्वय परिषदको स्थापना करिब एक बर्ष अगाडी २०१६ मार्च मा गैर आवासिय नेपााली संघ, राष्ट्रिय समन्वय परिषदको ७३ औं शाखाको रुपमा भएको थियो ।

उक्त सभामा निर्बाचन समितिका संयोजक किशोर शाहले नवनिर्वाचित सदस्यहरुको घोषणा गर्दे निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागी शुभकामना ब्यक्त गरेका थिए l  साथै उहांले सो अवसरमा नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाइएको थियो । चुनावी प्रकृयाको पर्यवेक्षणका लागी सुनिल वि.के.लाई मनोनित गरिएको छ ।

कार्यक्रमको अन्तमा सभालाई संम्बोधन गर्दे नव निर्वाचित अध्यक्ष कृष्ण चन्द्र सेढाईले कार्यक्रममा उपस्थित भएर सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिदै आगामी दिनहरुमा गैर आवासिय नेपााली संघको उद्देश्यहरु प्राप्तीका लागी सबैजना एकजुट भएर अघि बढनुपर्ने बिचार ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू