अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६
| Colorodo: 20:51
झापाको शिवसताक्षी नगरपालिकामा कनकाई नदी तर्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७, लालपानीका २५ वर्षीय कमल फुँयाल रहेका छन् ।
आइतबार दिउँसो अन्य चार जना साथीसहित नदीमा पुगेका कमल दोमुखाको ड्यामबाट नदी तर्ने क्रममा नदीले बगाउँदा साढे ४ बजेदेखि बेपत्ता भएका थिए । बेपत्ता भएका कमलको शव नदिले बगाएको साडे ३ घण्टा पछि साँझ ८ बजे नदिले बगाएर बेपत्ता भएको स्थलदेखि सय मिटर तल भेटिएको थियो ।