अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२०
| Colorodo: 06:35
केदारनाथको शिर डोलेश्वर मन्दिरमा आजबाट श्रावणी मेला सुरु भएको छ ।आज विहान गरिएको कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको औपचारीक रुपमा उद्घाटन भएको हो ।
विहान पौखेलका पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको छ । सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा अबस्थित उक्त मन्दिरमा आजदेखि सञ्चालन भएको मेला भाद्र ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिका सचिव तथा प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले जानकारी दिए ।
उक्त कार्यक्रममा पुर्वमन्त्री महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, स्वामी चुडामणि महाराजलगायतको सहभागीता रहेको थियो ।