अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

जनसम्पर्क समिति पोर्चुगलको क्षेत्रीय भेला सम्पन्न, दुई हजार साधारण सदस्यता वितरण

बिआरटीनेपाल २०७४ असार २७ गते १९:१० मा प्रकाशित

नेपाली काङ्रेसको भात्री सङ्गठन जनसम्पार्क समिति पोर्चुगलको पाचौ अधिवेशन नजिकिदै गर्दा राजधनी बाहिरका क्षेत्रीय भेला अन्तर्गत ओडिमेरा, सान्टोन्तोनिया र जम्बोजेरा क्षेत्रको भेला जम्बोजेरामा सम्पन्न गरेको छ। भेलाले वकिल के ।सी ।को अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति चयन गरेको छ। समितिमा २ जना उपाध्यक्ष क्रमशः सन्तोष गुरुङ, विनोद अधिकारी, कोषाध्यक्षमा शिव भक्त वाग्ले, सचिवमा गणेश बानियाँ र सहसचिबमा क्रमशःप्रकाश पौडेल र सन्तोष सुनार चयन गरेको छ। अन्य सदस्यहरूमा जनक लामा, वीर बहादुर

दर्जी, सीता भन्डारी बानीया, टेक बहादुर गुरुङ, सुधीर डवादी, वैकुण्ठ पौडेल,राज कुमार उप्रेती र विशाल सापकोटा रहेका छन् । भेलाले बृहस्पति कडेललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ। राम चन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत वकिल के सी र सञ्चालन बिपिन आचार्यले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि चिज कुमार तामाङ , जन सम्पर्क समिति पोर्तुगलका उपसभापति क्रमशः तिलक गैरे, सुशील शर्मा, महामन्त्री विनोद घिमिरे,जन सम्पर्क मन्चकै कोषाध्यक्ष कुबेर कार्की, श्याम परियार, बृहस्पति कडेल लगायतले बोल्नु भएको थियो। कार्यक्रममा विभिन्न पार्टी परित्यागगरि आएका व्यक्तिहरूलाई जन सम्पर्क समितिको सदस्यता वितरण गरिएको थियो। कार्यक्रमलाई चर्चित लोक दोहोरी गायक जे बी ओलीको प्रस्तुतिले थप रमाइलो बनाएको थियो।

जनसम्पार्क समिति पोर्चुगलको अधिवेशन आगामी २३ जुलाई का दिन राजधानी लोस्वनमा हुने तए भ्एको छ भने उक्त अधिवेशन लाई सम्बोधन गर्नका लागी केन्द्रीय स्तरका नेताहरू आउने भ्एका छन् ।

अधिवेशन नजिकिदै गर्दा नेत्रुत्व कस्लेगर्ने भन्ने बारेमा पनि बजार तातेको छ ।

समितिका वर्तमान महामन्त्री विनोद घिमिरे,उपाध्य्क्ष सुशील शर्मा गैरे र तिलक गैरे त्र्य ले आगामी नेत्रुत्व को अनौपचारिक दाबी गरेका छन् ।

जनसम्पार्क समितिमा साविक पाच सय साधारण सदस्यता रहेकोमा यस पटक दुई हजार पुग्ने कुरा महामन्त्री तथा सभापतिका दावेदार विनोद घिमिरेले जानकारी समेत गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू