अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

एएनए राष्ट्रिय सम्मेलनको उद्घाटन बाल्टिमोरमा जुलाई २ आइतबार

बिआरटीनेपाल २०७४ असार १६ गते १७:१४ मा प्रकाशित

उत्तरी अमेरिकामा रहेका नेपालीहरूको सबैभन्दा पुरानो संस्था अशोसिएसन ऑफ नेपलिज इन अमेरिकाज (एएनए) को बाल्टिमोर मेरिल्याण्डमा जुलाई २ आइतबार राष्ट्रिय वार्षिक सम्मेलन सुरु हुने भएको छ।

“उत्तर अमेरिकामा रहेको सम्पूर्ण सङ्घ-संस्था तथा सम्पूर्ण नेपालीहरूलाई पत्र-पत्रिका मार्फत सम्मेलनमा उपस्थितिको निमित्त अनुरोध गर्दै निमन्त्रणा सम्प्रेषण गरी सकेका छौ । यदि कोही सो निमन्त्रणामा छुट हुन गएको भए एएनएको तर्फबाट यसै समाचारलाई औपचारिक निमन्त्रणा सम्झी यहाँको उपस्थितिको निमित्त हार्दिक अनुरोध गर्दछौ ” संस्थाका इन्टरिम अध्यक्ष मेदिनी अधिकारीले बिआरटी नेपाल सम्बाददाता, बाल्टिमोरसंग भन्नुभयो ।

यस सम्मेलनले एएनएको आगामी कार्यदिशाको सम्बन्धमा नयाँ आउने कार्यसमितिले रि-इनभिजन तथा रि-एरेञ्ज गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको जानकारी सम्मेलनका चेयर पर्सन तथा एएनएका बरिस्ट उपाध्यक्ष खगेन्द्र अधिकारीले गराउनु भयो । अधिकारीले सम्मेलनको खर्च सबै एएनएका शुभचिन्तकहरुबाट प्राप्त भएको र यसमा घाटा नहुने गरी व्यवस्थापन गरिएको समेत बताउनुभयो । यतिखेर अमेरिकामा रहेका संस्थाहरू एक पछि अर्को गर्दै फूटी रहेको अवस्थामा यस पटक अव संस्थाहरूलाई कसरी जोडेर लग्न सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित रहने जानकारी सम्मेलनका स्थानीय चेयर महाबाणिज्य दुत प्रेमराजा महतले बताउनुभयो ।

सम्मेलनको तयारी पुरा भैसकेको जानकारी सम्मेलनका कोअर्डिनेटर विजय श्रेष्ठले बताउनु भयो । उहाका अनुसार सम्मेलनको औपचारिक उद्घाटन भने बिहान ११ बजे हुनेछ ।सम्मेलनमा नव निर्वाचित २०१७-२०२० का कार्यकारिणी समितिलाई सफथ तथा गोपनियताको सपथ खुवाउने तथा हस्तान्तरण गर्ने समेत कार्यक्रम रहेको छ। यसै बिच एएनए ट्रस्टी बोर्डले आफ्नो कमिटीको अध्यक्षमा प्रा. डा. अम्बिका प्र.अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको थियो । ट्रस्टी बोर्डले बिधानत एएनएको अविभावकको भूमिका निर्वाह गर्दछ । एएनएले आफ्नो स्थापना काल सन् १९८३ देखि जुलाईको पहिलो हप्ताको लामो बिदा पारेर यस संस्थाले आफ्नो राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू