अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

लस् एन्जलसमा युगकवि सिद्धिचरण श्रेष्टको १०५ औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ जेठ ८ गते २०:१२ मा प्रकाशित

नेपालका प्रसिद्ध युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औँ जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको छ । अनेसास लस् एन्जलस च्याप्टरको मासिक नेपाली साहित्य तथा काव्यगोष्टी तेस्रो श्रिंखलाको कार्यक्रमको अवसर पारेर युग कविको जन्मजयन्ती मनाईएको थियो । 

संस्थाका प्रथम उपाध्यक्ष तिलक कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष डन कार्कीको रहेको थियो । संस्थाका सचिव राम लामा अविनाशीको स्वागत मन्ब्यबाट कार्यक्रम सुरु गरिएको थियो । रेडियो नेपाल तथा नेपाल टेलिभिजनका धार्मिक कार्यक्रमा पूर्व प्रस्तोता पुरुश्वत्तम सापकोटाको प्रमुख अथित्यता रहेको थियो । जसले गर्दा कार्यक्रमको गहनता झन् बढेको भान भएको थियो । 

कार्यक्रममा युग कवि सिद्धिचरण श्रेष्ठको फोटोमा दीप प्रज्वलन तथा माल्यार्पण गरी उहाँको जीबनी र व्यक्तित्व माथि प्रकाश पारिएको थियो ।

अनेसासका केन्द्रीय कोषाध्यक्ष शान्तिराम ढकाल विशेष अतिथि रहेको उक्त कार्यक्रममा साहित्यमा रुचि राख्ने स्थानीय संध-संस्थाबाट पनि सहभागिता रहेको थियो । बौद्धिक संसारका अध्यक्ष बलराम थापा, जनसम्पर्क समिति एल ए च्यापटरका अध्यक्ष मदन पाठक , एन आर एन क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष राम बाबु पाण्डे, एएनएसका उपेन्द्र न्यौपाने , नेपाली समाजका सक्रिय युवा कार्यकर्ता तथा श्री पशुपतिनाथ फाउण्डेशनका कार्यसमितिका सदस्य रामचन्द्र लामिछाने ,आयोजक संस्थाकी पूर्व कोषाध्यक्ष तुलसा कार्की, समाजसेवी देवी प्रसाद सापकोटा , नेपाली साहित्य प्रेमी भीम प्रसाद सुबेदी आदिको उतसाहजनक उपस्थिति रहेको थियो । 

अनेसासमा हालै नयाँ आजिबन सदस्य बनेका कवि चुडाबसन्त लम्साललाई कार्यक्रममा प्रमुख अतिथि सापकोटाको हातबाट अनेसासको पिन लगाइएको थियो ।

निखारियका कविहरु पुरुश्वत्तम सापकोटा र चुडा वसन्त लम्सालका पध्यातमक् कविता वाचनका मिठा लयहरुले माहोलनै गुन्जयमान बनेको थियो । गध्यात्मक शैलीका कविहरु शान्तिराम ढकाल, डन कार्की, राम लामा अविनाशी, तिलक कार्की, उपेन्द्र सापकोटा आदिबाट आ-आफ्ना रचना बाचन् गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू