अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

फोटो पत्रकार सन्तोष न्यौपाने निर्देशनमा झनै अब्बल,’मन मान्दैन’को आकर्षक भिडियो बन्दै(प्रोमो)

बिआरटीनेपाल २०७४ वैशाख २४ गते ६:०८ मा प्रकाशित

अमेरिकामा रहेर पनि पत्रकारिता पेसामा सक्रीय सन्तोष न्यौपानेको , निर्देशन, छायांकन र सम्पादनमा आधुनिक गीत “मन मान्दैन”को भिडियो छायांकनमा ब्यस्त छन् यतिबेला । अमेरिकाको सानफ्रान्सिस्कोमा रहंदै आएका फोटो पत्रकार सन्तोषले निर्देशन, छायांकन र सम्पादन गरेको “मन मान्दैन”को आर्कषक म्युजिक भिडियोको प्रोमो सार्वजनिक भए संगै उनको खुवीको पनि चर्चा भएको छ ।


अमेरिकाकामा नै छायांकन गरिएको यो भिडियो ठुलो बजेटमा तयार गरिएको देखिन्छ । अत्यन्त आकर्षक दृश्यहरुलाई कैद गरिएको भिडियोमा कुशुम तामागं र सागर रावलको अभिनय देख्न सकिन्छ । गायीका शोभा पाण्डेको एल्वम “शंका” भित्र समाबिष्ट यो गीतलाई डा. कृष्णहरी बरालले लेखेका हुन् भने संगीत गैरे सुरेशको रहेको छ ।

बिन्धवासिनी म्युजिकले बजार व्यवस्थापना गरेको ‘मन मान्दैन’को अडियो केहि समय अघि सार्वजनिक गरिएको थियो । स्रोताहरुको रोजाईमा परेको यो गीतको भिडियो पनि आकर्षक बन्ने भएकाले दर्शकले मन पराउनेमा निर्देशक, छायांकार तथा भिडियो सम्पादक सन्तोष न्यौपाने विश्वस्त छन् ।

https://www.facebook.com/chproductionsf/videos/1875822319303813/

https://www.facebook.com/chproductionsf/videos/1864379200448125/

प्रतिक्रिया