अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

अब नाट्य-सँगीतका कलाकारलाई पनि सरकारी परिचयपत्र

बिआरटीनेपाल २०७४ वैशाख २१ गते १२:५८ मा प्रकाशित

नेपाली संगीत, गायन, रँगमञ्च, नृत्य, बादबाद्यनमा लागेका अग्रज कलाकारहरुलाई नेपाल सरकारका तर्फबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आधिकारिक परिचयपत्र दिने भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको बुधबार राजधानीमा सम्पन्न १० औं प्राज्ञ सभाले सो निर्णय गरेको हो । यस्तै यस प्रतिष्ठानद्धारा स्रस्टाहरुको उपचारका लागि कोष खडा गर्न श्रष्टा उपचार कोष पनि गठन गरिएको प्रतिष्ठानको कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले बताए । प्रतिष्ठानका तर्फबाट केही रकम राखिएको र बाँकी रकम राख्न सरकारलाई अनुरोध गरिएको पनि कुलपति सरुभक्तले बताए । 

संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका लागि भवन निर्माण गर्न सरकारले दिएको जग्गा सरकारबादी मुद्धा परेको स्मरण गराउँदै कुलपति सरुभक्तले भने,‘समयमा सो मुद्धाको फैसला हुन नसक्दा प्रतिष्ठानका विकाशमा विभिन्न कठिनाई आईपरेको छ ।’ सो मुद्धाको चाँडै फैसला हुनेमा आफुसहित प्रतिष्ठानका पदाधिकारी विश्वस्त रहेको पनि कुलपति सरुभक्तले बताए ।

प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले सरकारले दिने परिचयपत्रबाट सँगीत नाट्यको श्रष्टाको सम्मान हुने विश्वास सभामा व्यक्त गरे । सो प्रतिष्ठानको आजिवन सदस्यहरुको सुनिश्चित भविष्यका लागि कोष खडा गर्ने निर्णय गरेको र सो निर्णय सभाबाट पारित भएको पनि उपकुलपति बासकोटाले बताए । अब यो कोषका लागि प्रतिष्ठानले सरकारसँग पहल गनेछ । सात ओटै प्रदेशका नाट्य संगीतको अनुसन्धान परियोजना सञ्चालन गरेर त्यसलाई अब पुस्तकको रुपमा ल्याउन लागिएको पनि उपकुलपति बासकोटाले बताए ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रीका सचिब शँकर प्रसाद घिमिरेले अरु प्रतिष्ठान तथा संस्थाहरुको तुलनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको काम प्रसँसनीय भएको बताए । यस प्रतिष्ठानका लागि थप कम गर्न साधन स्रोत जुटाई दिन मन्त्रालय प्रतिबद्ध भएको उनले जानकारी गराए ।

प्रतिष्ठानका सदस्यसचिब गणेश रसिकले २०७४÷०७५ को वार्षिक कार्यक्रम सभामा पेश गरे । सभाबाट वार्षिक कार्यक्रम पारित भएका सदस्य सचिब रसिकले जानकारी गराए । सभा सदस्यहरुले सो सभामा विभिन्न सुझाबहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू