अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

कोरियामा साहित्य सम्मेलन मे ६ र ७ मा हुने

बिआरटीनेपाल २०७४ वैशाख २१ गते ११:०५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा विश्व काब्य गोष्ठीको आयोजना आगामी मे को ६ र ७ सौल, कोरियामा हुने भएको छ ।

सो कार्यक्रममा सहभागी हुन विभिन्न देशहरुबाट भोलिसम्म विभिन्न अन्तर्राष्ट्रिय सहभागीहरू सौल पुग्दैछन । कार्यक्रममा  पदम विश्वकर्मा, अध्यक्ष-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिका ,प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, सल्लाहकार, राधेश्याम लेकाली, वरिष्ठ उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज तथा अध्यक्ष, अनेसास नेपाल च्याप्टर, प्रकाश पौडेल (माइला), उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र भिमसेन सापकोटा, उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सहभागी हुने छ्न ।

यसै गरी देश सुब्बा, भयबादका प्रवर्तक, हंगकंग, डा. पुष्पा शर्मा, अध्यक्ष, अनेसास सिक्किम च्याप्टर, भारत, बिष्णुप्रसाद घिमिरे, अध्यक्ष, अनेसास जापान च्याप्टर, रक्षा नेपाल, सिक्किम, भारत, दिव्य नेपाल, सिक्किम, भारत, भूमिका पौडेल, जापान, नारायणप्रसाद कंडेल, जापान, देविलाल भण्डारी, जापान, हिमाल भट्टराई, जापान, जीवन केसी, जापान, दण्डपानी कंडेल, जापान, बलबहादुर केसी, जापान, दीप पाठक, जापान, हेमन्त गिरि, जापान, अरुण पौडेल, जापान, पेम्बा लामा, जापान, रामु खड्का, जापान, कमला बिके रिसाल, नेपाल, ऋषिराम बराल आदि पनि सो कार्यक्रममा सहभागी हुने छन् ।

कार्यक्रममा सौल घोषणापत्र जारी हुनेछ भने अनेसासको एसिया समिति पनि निर्माण हुनेछ । यसै गरी समारोहमा विभिन्न कार्यपत्र प्रस्तुति, छलफल, काब्यवाचन, गीत सङीतलगायतका कार्यक्रमहरू हुनेछन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू