अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

गायीका ममता गुरुङको गीति संग्रह ‘ममता’ सार्वजनिक

बिआरटीनेपाल २०७४ वैशाख १३ गते ९:५० मा प्रकाशित

 गायिका ममता गुरुङको ‘ममता’ सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमको आयोजनागरि उक्त एल्वम सार्वजनिक भएको हो । वरिष्ठ गीतकार डा. कृष्णहरि बराल र बरिष्ठ गायिका संगीता रानाको मुख्य आतिथ्यमा सार्वजिनक छ । मातातिर्थ औसिको अवसरमा गायिकाकी आमा मायादेवी गुरुङ र बुबा हितमान गुरुङले एल्वमलाई विमोचन गरेका हुन् ।

देश बाहिर बस्दै आएकी ममताको यो डेब्यु एल्वम हो । एल्वममा ‘नबोलाऊ मलाई मायालु भनि…’, ‘जीवन मेरो त्यहीँ…’, ‘हावासरि चञ्चले मन…’, ‘अल्लारे मन यो मेरो….’ र पर्दा खोलेर जस्ता गीत समावेश गरिएको छ । एल्वममा भएका गीतमा इन्द्र आरपी, ताराप्रकाश लिम्बु, देवा गुरुङ, कालिप्रसाद बास्कोटा र सुरेश मानन्धरको सङ्गीत रहेको छ भने ममता गुरुङ, शशीथापा सुव्वा, कालिप्रसाद बास्कोटा र केबी गुरुङको शब्द रहेको छ ।

सञ्चारकर्मी गीत अधिकारीले सञ्चालन गरेको एल्वम सार्वजनिक कार्यक्रममा विदेशमा बसेर पनि नेपाली गीत÷संगीतमा उनले पु¥याएको योगदानको कदर गर्नु पर्ने भन्दै स्वरमा मिठास रहेको डा. कृष्णहरि बराले बताए । त्यस्तै संगीता रानाले एल्वममा रहेका गीतले आफ्नो मन छोएको भन्दै नेपाली गीत÷संगीतमा सम्भावना भएकी गायिका ममता हुन भनिन् । म नेपाली गीत संगीतको विद्यार्थी हुँ अझै सिक्ने क्रममा छु तर पनि मेरा गीतले राम्रो चर्चा पाउँदा खुशी लाग्ने गायिका ममताले बताइन् ।

‘गायिका ममताको बुबा भनेर चिनिन थालेको छु, एउटा बाबुलाई यो भन्दा खुशीको कुरा के हुन सक्छ र !’ बुबा हितमानले भने । गीतका भिडियोहरु पनि छायाँकन भइसकेको र छिट्टै सार्वजनिक गरिने बताइएको छ । एल्वमलाई युथ क्रिएशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया