अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

लोकतान्त्रिक पार्टीले सर्वोच्च अदालतले गरेको निर्णयलाई मान्नु पर्छ -नेता पौडेल

बिआरटीनेपाल २०७३ चैत २५ गते ९:४९ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, काठमाडौँ 

आज संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक पार्टीले सर्वोच्च अदालतले गरेको निर्णयलाई मान्नु पर्ने धारणा राख्नु भयो ।

आफ्नो धारणा राख्ने क्रममा अगाडी उहाँले सत्ताको खेल घुसाएर स्थानीय तहको चुनाव तथा संविधान कार्यान्वयनको विषय ओझेलमा पार्न नहुने बताउनु भयो । मन्त्रिपरिषदमा वरियताको कुरा उठ्नु दुर्भाग्य हो तर संसद्मा सबैभन्दा ठुलो पार्टीको समर्थनमा सरकार बनेको हुँदा व्यक्ति भन्दा पनि पार्टी ठुलो भएकोले ठुलो दल वरियतामा प्राथमिकतामा हुनुपर्ने कुरा स्वभाविक भएको बताउनु भयो ।

नेपाली काँग्रेस जस्तो पार्टीले मधेस र मधेसी जनतालाई टाढा राखेर अगाडि बढ्न सक्दैन भन्ने कुरा बुझ्नु जरुरी भएको धारणा राख्दै सबैलाई सोही बमोजिम गर्न अनुरोध गर्नु भयो । स्थानीय निकायको चुनाव नजिकिए सँगै नयाँ जिम्मेवारीमा नेता पौडेलले पार्टी गतिविधि तीव्र पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू