अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

जुनियर स्कुल प्रिन्सेसको अडिसनबाट १४० बालिका छनौट

बिआरटीनेपाल २०७३ चैत १९ गते ८:२२ मा प्रकाशित

वार्षिक परिक्षा दिएका बालिकाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र उनीहरुलाई विभिन्न कार्यक्रम सहभागी गराएर विभिन्न कुरा सिकाउन सिजन मिडियाले बिगत ६ वर्ष देखि जुनियर स्कुल प्रिन्सेस आयोजना गर्दै आएको छ ।

यस्तै ‘छैटौं अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१७’को लागि सिजन मिडियाले शनिबार कमलादीमा प्रारम्भिक चयन (अडिसन कार्यक्रम) आयोजना ग¥यो । सो अडिसनमा सहभागी नानीहरुले नृत्य, गायन, प्रश्नउत्तर सहित विभिन्न कला मार्फत अडिसन दिए ।

अडिसनमा काठमाडौं उपत्यकाका ४० भन्दा बढी बिधालयका दुई सय भन्दा बढी बालिकाहरु सहभागी थिए । ती मध्यबाट कक्षा ४ र पाँचका ७० जना बालिकाहरुलाई जुनियर स्कुल प्रिन्सेसमा छनौट गरेको सिजन मिडियाका अध्यक्ष प्रदीप वन्तले बताए ।

यस्तै ६ र ७ कक्षाकी छात्राहरुबीचको जुनियर (सिनियर स्कुल प्रिन्सेस)का लागि ७० जना चयन गरिएको पनि वन्तले बताए । प्रतियोगीहरुको आईतबारबाटै प्रशिक्षण सुरु हुनेछ । प्रतियोगिको अन्तिम प्रतिस्पर्धा आगामी बैशाखको पहिलो साता हुनेछ । प्रतियोगीहरुलाई रोजिन शाक्यले कोरियोग्राफी गर्नेछन् ।

प्रतिक्रिया