अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

पहिलो एकल साँझमा प्रस्तुत हुँदै गायिका तथा कलाकार कविता आले

बिआरटीनेपाल २०७३ चैत १२ गते १०:०६ मा प्रकाशित

गायन र अभिनयमा निरन्तर लागिरहेकी कलाकार कविता आले मगर आफ्ना एकल गीत सहित स्रोतामाझ प्रत्यक्ष आउँदैछिन् । बिगत साँढे तीन दशक देखि गायनमा लागेकी उनी पहिलो पटक आफ्नो एकल साँझ लिएर दर्शकमाझ आउन लागेकी हुन् ।

गायिका आले १४ चैत सोमबार मध्यान्न १२ बजेबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा प्रस्तुत हुँदैछिन् । नेपाल मागर सांस्कृतिक संघ र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयुक्त आयोजनामा गायिक कविता आले एकल साँझ हुन लागेको हो ।

तीन दर्जन भन्दा बढी चलचित्र र त्यो भन्दा बढी टेली चलचित्रमा अभिनय गरेकी कलाकार कविता आलेले एक सय भन्दा बढी गीत गाएकी छिन् । ती मध्यबाट उत्कृष्ट १४ ओटा गीत यो एकल साँझमा प्रस्तुत गर्ने उनले जानकारी गराएकी छिन् ।

उनको यो कार्यक्रम व्यबसायिक रुपमै आयोजना गर्न लागिएको संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराए । सो कार्यक्रमबाट उठेको आधा रकम सांस्कृतिक संस्थानले र आधा रकम मगर कलाकार कल्याण कोषमा जम्मा हुने पनि थापाले जानकारी गराए ।

गायिका कविता आलेले लोक, आधुनिक, चलचित्र, राष्ट्रिय जस्त थुप्रै प्रकारका सफल गीतहरु गाएको र उनका कैयौं हिट गीतहरु दर्शकले सुन्ने चाहना राखेकाले कविता आले एकल साँझ आयोजना गर्न लागिएको पनि थापाले बताए ।

आफ्नो एक समयको हिट गत उठी खर काटी बसी खरकाटी…, झ्याम्मै चौतारी मायाँ लाउँभने छैन दौंतरी…, सक्रान्ति बजार…, पिपलै छायाँ…, यो मेरो देश…सहित उनले कार्यक्रममा आफ्नो १४ ओटा चर्चित गीत गाउने भएकी छिन् । उनलाई स्वरमा अग्रज गायक गणेश रसिकदेखि छत्र गुरुङ। तारा थापा लगायतले सघाउने छन् । गायनका क्रममा प्रत्यक्ष बाद्यबादनमा सांस्कृतिक संस्थानका कलाकार र नेपाल मगर सांस्कृतिक संघका कलाकारले संयुक्त रुपमा सघाउने छन् ।

प्रतिक्रिया