अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

पोल्यान्डमा नेपाल युरोप ट्राभल समिट कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ चैत १० गते १२:४८ मा प्रकाशित

वन्स मोर नेपाल नारा अगाडि सारेर नेपाल पर्यटन बोर्डको आयोजनामा केही ट्राभल एजेनन्सीहरुको सहकार्यमा पोल्यान्डको राजधानी वारसवामा नेपाल युरोप ट्राभल समिट कार्यक्रम नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दीपक राज जोशीको उपस्थितिमा सम्पन्न भएको छ । विभिन्न देश जर्मनी चेक हुँदै पोल्यान्डमा समापन भएको ट्राभल समिट युरोप कार्यक्रममा नेपाल पर्यटकीय गन्तव्य स्थल भएको विभिन्न ट्रेकिङ स्थल भएको र धेरै भन्दा धेरै हिमालहरुहरु चढ्न पोलिशहरु मन पराउने हुँदा नेपाल यात्रामा आगामी दिनमा पोलिशहरु लगायत युरोपियनहरु पनि बढ्दै जाने महसुस आफूले गरेको जानकारी गराउनु भयो । नेपाल सुरक्षित ठाउँ भएकोले आगामी दिनमा ढुक्क भएर नेपालको यात्रा गर्न सकिने जानकारी उपस्थित भएका पोलिशहरुलाई गराउनु भो ।  

नेपाल पोल्यान्ड बारेको सम्बन्ध एवम् समानता पोल्यान्डको नेपाल प्रतिको चासो बारेमा एन आर एन पोल्यान्डका अध्यक्ष डा बोधराज सुवेदीले गराउनु भएको थियो भने पोलिश नागरिकहरूले पनि नेपालको बारेमा उत्साहित हुँदै आफ्नो विचार व्यक्त गरेका थिए । उक्त कार्यक्रममा एन आर एन आइसीसी सदस्य तथा डा अलिनी पोखरेल सुवेदीको पनि उपस्थिति थियो ।नेपालको बारेमा प्रोजेक्ट प्रस्तुतीकरण पर्यटन बोर्डकी प्रतिनिधि श्रद्धा श्रेष्ठले गर्नु भएको थियो ।

झन्डै ७० जना पोलिश नागरिकहरू उपस्थिति भएर नेपालको बारेमा उक्त कार्यक्रममा सहभागी भएका ट्राभल एन्ड टुर एजेन्सीसित जिज्ञासा राखेका थिए । हिमालय रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा पोलिशहरुलाई नेपाली खानाको स्वादले आकर्षित गरेको थियो ।  

पोल्यान्डमा सम्पन्न भएको उक्त कार्यक्रम गर्नको लागि श्री सोम सापकोटा एवम् श्रद्धा श्रेष्ठको सहजिकरणमा रेस्टुरेन्ट सञ्चालक श्रीमती रितु न्यौपानेलाई सम्पर्क गराइ मित्रलाल पार्देले हिमालय नेपाल रेस्टुरेन्टको व्यवस्था मिलाइदिनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू