अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

‘शेर्पा लोसार साँझ’मा देशब्यापी छनौटबाट २६ शेर्पा विद्यार्थीलाई विद्या पुरस्कार

बिआरटीनेपाल २०७३ फागुन ३० गते ६:२६ मा प्रकाशित

नेपाल शेर्पा विद्यार्थी संघद्धारा आयोजित शेर्पा लोसार साँझ २१४४ सम्पन्न भएको छ । मे मो च्या लो २१४४ को ग्याल्पो लोसारको अवसरमा आयोजित साँझ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सन्पन्न भएको हो ।

राजधानीको रामनगर भेन्यूमा करिब दुई हजार जना बढीको उपस्थितीमा भएको कार्यक्रममा ९ वटा विधामा मुलुकभरबाट प्राप्त आवेदनका आधारमा २६ जना शेर्पा विद्यार्थीहरुलाई विद्या पुरस्कार प्रदान गरे । त्यस्तै, सोही अवसरमा पर्यटन प्रबद्र्धनमा योगदान पुर्याएको भन्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पा, गल्फ खेलमा उत्कृष्ठ प्रदर्शन गरी उपाधी हासिल गर्ने प्रतिमा शेर्पा र अष्ट्रेलियाका लागि राजदूत नियूक्त भएकोमा लक्की शेर्पालाई सम्मानित गरे ।

कार्यक्रमकै वीच संघले बार्षिक रुपमा प्रकाशन गर्दै आएको शेर्पा प्रतिविम्ब स्मारिकाको समेत लोकार्पण गरे ।

कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपतिको तर्फबाट संघका बरिष्ठ उपाध्यक्ष साङ्गे मिङमा लामाले शुभकामना वक्तव्य वाचन गरे । शुभकामना वक्तव्यमा प्रमुख अतिथिले शेर्पा जातिले नेपाललाई विश्व सामु चिनाएर नेपाल र नेपालीको गौरव बढाएको उल्लेख गरे । पर्यटन प्रबद्र्धन, हिमाली क्षेत्रको विकास र समृद्धीका लागि शेर्पाले आफ्नो विशिष्टिकृत पहिचान दिएको भन्दै सो अवसरमा प्रमुख अतिथिले खुसी व्यक्त गरे । पहिचान सहितको संघीयता स्थापनाका खातिर संघर्षहरु जारी राख्नुपर्ने उल्लेख गर्दै प्रमुख अतिथि पुनले मुलुकको भिषम परिस्थितीमा पनि शेर्पाहरुले आफ्नो भाषा, धर्म, संस्कृती र संस्कारको जगेर्ना गरेर विश्वमै नमुना प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।

त्यस्तै, शुभकामना मन्तव्यमा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाले अधिकार प्राप्तिका लागि शैक्षिक चेतनाको जरुरी रहेकोमा जोड दिए । अन्य क्षेत्रमा गरिने अनावश्यक खर्चलाई कटौती गरेर शिक्षामा लगानी गर्न शेर्पा अभिभावकहरुलाई अध्यक्ष शेर्पाले सोही अवसरमा आह्वान गरे । राजनीतिक प्रशंगमा अध्यक्ष शेर्पाले अधिकारका लागि लड्नुपर्ने वेलामा शेर्पाहरु सिमित रमाइलोमा विताएर इतिहासमा मूल्य चुकाइरहेको भन्दै दुःख व्यक्त गरे । समाज विकाससँगै मानवीय चेतनाको विकासका लागि शिक्षा अपरिहार्य भएकाले यस तर्फ लाग्नुपर्ने र यसबाट नै अधिकार प्राप्तिको मार्ग समेत प्रशस्त हुने उनको धारण थियो । अलग–अलग अस्था राख्ने भएपनि राजनैतिक अभ्यासमा शेर्पाहरुलाई संलग्न हुन सुझाउँदै अध्यक्ष शेर्पाले राजनीति विना मुक्ति संभावना नरहेको बताए ।

त्यस्तै, प्रस्तावित राजदूत लक्की शेर्पाले राजनैतिक पहुँचका आधारमा हुने निर्णयहरुमा शेर्पाको उपस्थिती न्यून रहेको भन्दै शिक्षित समाज निर्माण गरेर अघि बढ्नुको विकल्प नभएको बताए । शेर्पा समुदायले आफ्नो छुट्टै सभ्यता निर्माण गरेको बताउँदै राजदूत शेर्पाले भने ‘यही सभ्यतालाई जोगाउँदै इतिहास निर्माण गर्ने र समुदायको विकास गर्न लाग्नु पर्दछ ।’ राजनैतिक नेतृत्व र प्रशासनिक निकायमा पहुँच नहुँदा हर क्षेत्रमा पछि परेको बताउँदै उनले थपे ‘शिक्षित युवाहरुले यस क्षेत्रमा समेत लाग्न जोड दिनुपर्छ ।’ सामाजिकीकरणको अभ्यासमा शेर्पा समुदाय अग्रसर भइरहेको भन्दै उनले खुसी व्यक्त गरे ।

संघका सचिव जम्बा शेर्पाको संयोजकत्वमा भएको कार्यक्रममा औपचारिकपछि चर्चित हास्यकलाकार जितु नेपाल, गायक सुगम पोखरेल, शेर्पा समुदायका नवोधित कलाकारहरु दावा के शेर्पा, लाक्पा शेर्पा अमोद, छिरिङ शेर्पा, पासाङ शेर्पा, बाल गायिका लोप्साङ छोइड्यान शेर्पा, र्यापर छाङपा शेर्पा, मिङमार शेर्पा र नादिङ अभियान्त इन्द्र गुरुङले आफ्नो प्रस्तुती दिए । कार्यक्रममा हिमालयन शेर्पा सांस्कृतीक केन्द्रका कलाकारहरुले पहिचान झल्कने श्याब्रु नृत्य प्रस्तत गरेका थिए भने अन्य कलाकारहरुको नृत्यले सहभागिलाई भरपूर मनोरञ्जन दिलाएको सदस्य आङ कामी शेर्पाले जानकारी दिए ।

शेर्पा वियर शिर्ष प्रयोजक रहेको लोसार साँझको समापन सत्रमा बोल्दै संघका अध्यक्ष निमा दोर्जे शेर्पाले संस्थाको गतिविधि र स्थापनाको औचित्य प्रष्टाए । शेर्पा विद्यार्थीहरुको हकाधिकार, क्षमता विकास, पहुँच अभिबृद्धिका साथै शेर्पा समुदायको भाषा, कला, संस्कार, संस्कृतीको क्षेत्रमा संघ क्रियाशिल रहेको अध्यक्ष शेर्पाले सो अवसरमा जानकारी दिए । शेर्पा विद्यार्थीहरुलाई उनले अधिकार प्राप्तिका खातिर अघि बढ्न समेत आग्रह गरे ।

कार्यक्रममा शेर्पा समुदायमा स्थापित संघसंस्थाका प्रतिनिधीहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा पुरस्कार छनौटका लागि उपाध्यक्ष डोमा शेर्पाले संयोजकको भूमिका निर्वाह गरेका थिए भने महासचिव आङ दोर्जे शेर्पाले सञ्चालन गरे भने आनौपचारिक सत्रमा उद्घोषणमा केन्द्रीय सदस्य डेमा शेर्पाले साथ दिए ।

विद्यार्थी मञ्चबाट संघमा रुपान्तरण गरी दायर फराकीलो बनाएको भन्दै सो अवसरमा शेर्पा अगुवाहरुले संस्थाको प्रशंसा गरे । संघले बार्षिक रुपमा शेर्पा विद्यार्थीहरुको क्षमता विकास, आत्मवल विकास, उत्प्रेरित गर्ने खाले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू