अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

सप्तरीमा मृत्यु भएकाको सम्झानामा अमेरिकामा दिप प्रज्वलन

बिआरटीनेपाल २०७३ फागुन ३० गते ६:०७ मा प्रकाशित

 सप्तरीमा प्रहरीको गोलिवाट मारिएकाहरुलाई अमेरिकामा रहेका मधेशी समुदायले मैन बत्ती प्रज्वलन गरी भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् । मृत्यु भएका पाँच जनाको सम्झनामा टेक्सस डलास स्थित नेपाली मन्दिरमा दीप प्रज्वलन गरी सहादत दिनेहरुलाई श्रद्धान्जली अर्पण गरेका हुन ।

अमेरिकमा रहेका मधेशीहरुका छाता संगठन मधेसी एशोसियशन ईन अमेरिका (मा) का अध्यक्ष सुनिल शाहको नेतृत्वमा भएको उक्त कार्यक्रममा नेपाली समाज टेक्सस अध्यक्ष कृष्ण लामिछाने, कांग्रेसयुवा नेता हरिबोल भण्डारी, एनआरएन अमेरिका उपाध्यक्ष रामसी पोखरेल नर्थ डलास नेपाली समाजका अध्यक्ष बादल भुजेल लगायत सर्वसाधारण सहभागिता थियो ।

?

प्रहरीको गोलिवाट ज्यान जानु दुर्भाग्यपुर्ण भएको भन्दै शाहले कुनै पनि समस्याको शान्तिपूर्ण हल खोज्नु पर्ने बनाउनु भयो । यसरी मृत्यु हुन मानवअधिकारको उलंधनपनि भएको बताउँदै शाहले यस घटनाको निष्पक्ष छानविन गरी दोषी माथि कारबाही गर्न जोरदार माग गर्नुभयो ।

?

अध्यक्ष साहले राजनीतिक समस्या देशका राजनीतिक पार्टीहरू टेवलमा बसेर हल गर्नु पर्छ बताउनु भयो । यस्ता कार्यक्रम यो साता अमेरिकाका विभिन्न सहरमा गरिने शाहले जानकारी दिए । सो अवसरमा मधेसी एशोसियशन ईन अमेरिका (मा) का डि.एफ.डब्लु च्यापटरका अध्यक्ष डा. उमेश यादव, डा.सन्जय कर्ण, सन्जय साह, मोहम्मद रफिक, राकेश यादव, संगित रौनियार, राजेश राय लगायतको सक्रिय उपस्थिती रहेको थियो ।

तराई मधेसका आन्दोलनकारी राजविराजमा कार्यक्रम सकेर फर्किंदा मेची महाकाली अभियानमा सहभागी एमाले कार्यकर्ता बिच झडपको स्थिति आएपछि प्रहरीले गोली चलाउंदै पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया