अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२२ | Colorodo: 17:37

शङ्कर लामिछाने प्रतिष्ठानद्वारा दीक्षितलाई अभिनन्दन, पोखरेल र पुडासैनी पुरस्कारको निर्णय

बिआरटीनेपाल २०७३ फागुन २९ गते १२:३६ मा प्रकाशित

शङ्कर लामिछाने प्रतिष्ठानले अक्षर शिरोमणि मदनमणि दीक्षितको अभिनन्दन साथै वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई नगद पचास हजार राशीको शङ्कर लामिछाने निबन्ध पुरस्कार र नगद पच्चीस हजार राशीको शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार नियात्राकार दामोदर पुडासैनीलाई प्रदान गर्ने निर्णय गरेको छ । शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
यसअघि दुबै पुरस्कारका लागि वरिष्ठ साहित्यकारहरु माया ठकुरी, अच्युतरमण अधिकारी र युवराज नयाघरेको सफारिस समिति निर्माण गरिएको थियो ।

आगामी २०७३ चैत ५ गते साहित्यकार शङ्कर लामिछानेको पुण्य स्मृतिका आयोजना गरिने समारोहमा सो अभिनन्दन र पुरस्कारहरु प्रदान गरिनेछ । सोही अवसरमा साहित्यकार नरेन्द्रराज पौडेलको निबन्ध सङ्ग्रहको पनि विमोचन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू