अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

दीपक शर्मा र देवी घर्तीको ‘हलहलेको साग’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन २६ गते १०:०० मा प्रकाशित
देखन चम्पा सुनन चम्पा, तिम्रो पिक्चर हिट, हे बरै लगायतका चर्चित गीत दिएका संगीतकार दिपक शर्माको स्वर तथा संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार राजेन्द्र भण्डारीको रचनामा रहेको हलहलेको साग हो बोलको गीत संगीतकार शर्मा र गायीका देवी घर्तीको स्वरमा बजारमा आएको हो ।
किशोरावस्थामा माया प्रेममा परेका जोडीलाई परिवारले असहयोग गर्दाका विभिन्न अवस्थालाई चित्रण गरिएको भिडियोलाई दिपक सिंहले निर्देशन गरेका हुन्् भने भिडियोमा मोडल ममताले अभिनय देख्न सकिन्छ ।
कामना डिजिटलले बजार ब्यबस्थापन गरेको भिडियोमा अर्जुन सापकोटाको छायांकन र लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ ।

प्रतिक्रिया