अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको चिट्ठी

बिआरटीनेपाल २०७३ फागुन २१ गते १२:३२ मा प्रकाशित

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले केही हप्ता पहिला एउटा पत्र प्रकाशित गरी सर्वत्र मानक वर्णविन्यास प्रयोग गर्नु गराउनु अनुरोध गरेका थिए |

पत्र विस्तृतमा यस्तो छ की, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल अमानक नेपाली वर्णविन्यासको खारेजी र मानक वर्णविन्यासको पुनर्स्थापना लागि विगत लामै समयदेखि निरन्तर रूपमा क्रियाशील रहेको र यसले विभिन्न गतिविधि सञ्चालन गरी प्रशस्तै उपलब्धि हासिल गरेको कुरा सर्वविदितै छ । यसै सञ्जालको दबाबबाट नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरिसकेको कुरा अवगतै छ ।

यसै सन्दर्भमा त्रिवि नेपाली केन्द्रीय विभाग, त्रिवि नेपाली विषय समिति र त्रिवि शिक्षाशास्त्र सङ्काय नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिबाट यस सञ्जालको अवधारणाअनुरूप नै अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) मा प्रयुक्त अमानक वर्णविन्यास र तत्सम्बन्धी नियमहरू खारेज गर्ने तथा अमानक र विवादित वर्णविन्यासको प्रयोग नगरी सर्वत्र मानक वर्णविन्यासको प्रयोग गर्ने निर्णय गरी कार्यान्वयनका लागि विभिन्न निकायमा परिपत्र गरिसकेको बेहोराको पत्र यस सञ्जाललाई प्राप्त भएको छ ।

त्रिवि नेपाली केन्द्रीय विभाग, त्रिवि नेपाली विषय समिति र त्रिवि शिक्षाशास्त्र सङ्काय नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिले मानक नेपाली वर्णविन्यासको प्रयोगका सम्बन्धमा यस सञ्जालको अवधारणाअनुरूप एउटै निर्णय गरेकामा सम्बद्ध सबै निकायलाई हार्दिक धन्यवादज्ञापन गर्दछु । त्रिविका उक्त निकायबाट पठाइएको मानक नेपाली वर्णविन्यासको प्रयोगसम्बन्धी निर्णयको पत्र कारणवश कतै नपुगेको भए यसैलाई आधिकारिक पत्र मानी सर्वत्र यसैअनुरूपको मानक वर्णविन्यास प्रयोग गर्नु–गराउनु हुन अनुरोध छ ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
अध्यक्ष
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू