अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

धर्मको नाममा पशुपतिमा जोगीहरु नागिंदा पूजा गर्ने मैले कलाकारिता देखाउदा किन गाली गर्ने-नायिका रिया श्रेष्ठ

बिआरटीनेपाल २०७३ फागुन १५ गते २१:४० मा प्रकाशित

काठमाडौँ : विगत आठ वर्ष देखि नेपाली सिने संसारमा संघर्षरत नायिका मोडल रिया श्रेष्ठ अहिले सबै तिर भाईरल भएकी हट केक मोडल तथा नायिकाको रूपमा परिचित छिन l उनी भन्छिन धर्मको नाममा पशुपति क्षेत्रमा जोगी साधु बाबाहरु नांगै बस्ने अनि हिन्दु धर्ममा आस्था राख्नेहरु पूजा गर्दै शिर निहुराएर ढोग्न र आशीर्वाद लिन तछाड मछाड गर्न हुने तर हामी कलाकारहरूले कलाकारिता प्रस्तुत गर्दा किन कुरा काट्ने र नराम्रो बनाउने l रिया थप्छिन विश्वको कलाकारिता इतिहासमा कहाँ कुन ठाउँमा चाहिँ हट एण्ड सेक्सी डान्स नभएको छ ? एउटा पोर्न स्टार नेपाल आउँदा फ़ाईब स्टार होटेलमा स्वागत सत्कार र मान मर्यादा दिन सक्ने नेपली समाज मैले नृत्य गर्दा किन नकारात्मक सोच्छ l हामीले कलाकारितालाई सुन्दर रूपले प्रस्तुत गर्न र दर्शक श्रोताहरुको मागलाई मध्यनजर राख्दै अघि बढ्दा किन मानिसहरूको टाउको दुखाइ हुने ? यस्तै यस्तै गुनासो पोख्दै उनी भन्छिन मैले त्यस्तो नराम्रो गरे जस्तो लाग्दैन मात्र आफ्नो व्यावसायिक कलाकारितालाई सुन्दरमा प्रस्तुत गरेको मात्र हो l 

लामो समयको सङ्घर्ष पछि आफूलाई नृत्य, अभिनयमा पोख्त बनाइ यस सिने क्षेत्रमा आफ्नो नाम स्थापित गर्दै अगाडी बढेकी नायिका रिया श्रेष्ठले जन्जिर, बोस, त्रास, द रिटर्न हिरो, तृष्णा, लाल्टिन जस्ता चलचित्रहरुमा अभिनय गरिसकेकी छिन भने तिन दर्जन भन्दा बेसी म्युजिक भिडियो र दर्जनौ स्टेज कार्यक्रमहरूमा आफ्नो अभिनय मार्फत कला प्रदर्शन गरी सकेकी छिन l

मोडलिङ संसार, रंगिन संसार अर्थात् सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान् नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर सिने संसारको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भविष्य बनाउन र एक दिन उचाइमा पुग्न उनी अहिले पनि दिनरात मेहनतका साथ लागि परेकी छिन l 

काठमाडौँकि स्थाई बासिन्दा रिया आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरूप मेहनत पनि गरी रहेकी छिन l नृत्य र अभिनयमा पोख्त रिया सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी भित्रको आकर्षण पनि हो l उनी अभिनय, नृत्य र कलालाई अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l नायिका रिया श्रेष्ठ हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि रिया आफूलाई सुहाउने रोल आएमा सधैँ चलचित्र र म्युजिक भिडियोमा खेल्ने र खेल्दै आएको कुरा उनी बताउछिन l देश विदेशका कार्यक्रमहरूमा व्यस्त रहदै आएकी रिया सानै उमेर देखि मोडलिङमा र नायिका बन्ने रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ र उनी एक कुशल नृत्य गर्ने खुबी भएकी नायिका पनि हुन रिया श्रेष्ठ l अभिनयलाइ पनि अझ आफूलाई अब्बल दर्जामा राख्न उनी दिनरात कोसिशरत छिन l रिया श्रेष्ठ भन्छिन, सिने जगत र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनी भन्छिन मानव जीवन भनेको सङ्घर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा सङ्घर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफू अगाडी बढेको कुरा पनि उनी बताउछिन।हाम्रो तर्फ़ बाट पनि उनीलाई सफलताको शुभकामना l

प्रतिक्रिया