अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

झण्डै ४ दशक पुरानो गीत ‘सिन्की अचार’को रिमेक भर्सन सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन १३ गते ४:३८ मा प्रकाशित
नेपाली गीत संगीतका चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. राम थापा तथा तारा थापाको आवाजमा रहेको ३ दशक भन्दा पुरानो र सर्वाधिक लोकप्रिय गीत सिन्की अचारको रिमिक्स भर्सन बजारमा आएको छ । बालबालिका देखी बृद्धबृद्धासम्म सबैले रुचाएको गीतको रिमेकले थप चर्चामा ल्याएको छ ।
रिमेक भर्सन ‘सिन्की अचार’ गीतमा बिनोदराज ढुंगेल तथा ईन्दिरा जोशीको आवाज रहेको छ । क्रियटिभ बिट्सले बजारमा ल्याएको बिनोदराज ढुंगेलको ‘सुनकेबरा’ एल्बममा संग्रहहित यस् गीतबाट गायक धेरै आशाबादी रहेका छन । गीतमा शिव मुखिया तथा जनक सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा र्याप फिचरिङ्ग विश्व श्रेष्ठ तथा कल्पना श्रेष्ठको रहेको छ ।  
टेलेभिजन मिडियामा जमेका भिजे रिजन थापा र पछील्लो समयकी चर्चित म्युजिक भिडियो मोडेल सुप्रिया कटुवालको अभिनय रहेको गीतमा आर्टिस्ट नेपालबाट मोडेलिङ क्षेत्रमा जमिसकेका मोडेलहरु सन्ध्या स्याङ्तेन , साधना तिमल्सिना, जेनी शाही, सन्जित घिसिङ, अभिन राउत , कबिर खड्का, एरिक बस्नेत, अस्मिता जिरेल, आदित्य कार्कीले आ-आफ्नो प्रस्तुती दिएका छन ।   भिडियोलाई सन्दिप भूजेलले क्रोरियोग्राफी गरेका छन ।  
आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक नव ढुंगेलले गरेका छन । ढुंगेल पछील्लो समयका रुचाईएका निर्देशक हुन । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले भिडियोलाई सम्पादन गरेका हुन । भिडियोमा पुरानो तथा नयाँ जेनेरसनमा हुने प्रेमलाई प्रस्तुत गराउन खोजिएको छ ।

प्रतिक्रिया