अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

नित्याशिवाको ‘साँच्चै कसम’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन ५ गते २१:३७ मा प्रकाशित

एनएचएस मिडिया प्रालिको प्रस्तुतिमा गायिका नित्याशिवाले ‘साँच्चै कसम’ बोलको गीत सार्वजनिक गरेकी छन् । एक युवा मायामा तड्पिदैं कसरी बाँच्न सक्छ र आफ्नो जिवन साथीले जब आफ्नै अगाडी अरु पुरुषलाई रोज्छन् भने त्यसको नतिजा कस्तो होला ? यस्तै भाव समेटिएको ‘साँच्चै कसम’ एक ब्यक्तिको जीवनमा घटेको वास्तविक घटनामा आधरित रहेर गीतलाई राजेस श्रेष्ठले संगीत भरेका छन् । जसमा नित्याशिवा र सुजन तिगेलाको स्वर रहेको छ ।

सत्य घटनालाई मुर्तरुप दिंदै गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’ले म्युजिक भिडियोलाई निर्देशन गरेका छन् । जस्लाई पवन गौतमले छायांकन गरेका छन् भने प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।

भिडियोमा मिलन बिस्ट आफै प्रस्तुत भएकाछन् भने उनलाई कशिस दाहाल र राज पान्डेले अभिनयमा साथ दिएका छन् । उक्त गीतको बजार व्यवस्थापन एनएचएस मिडिया प्रलालिले नै गरेको छ ।

प्रतिक्रिया